२६ सयको खड्को टर्यो, अबकाे टार्गेट २९ सयको विन्दु तर्फ

Jul 30, 2024 06:05 PM Merolagani



पछिल्लो समय शेयर बजार निरन्तर रुपमा बढेको छ । बजारमा दैनिक रुपमा भएको वृद्धिले लगानीकर्तालाई उत्साहित बनाएको छ ।

लगानीकर्ता करेक्सन पर्खेर बसेका थिए । निरन्तरको वृद्धिपछि नाफा सुरक्षित गर्ने र बजार प्रवेश गर्ने समय पर्खेर बस्ने लगानीकर्तालाई करेक्सनले मौका दिएको छ ।

सोही अनुसार बजारमा आउने करेक्सनलाई बजारले सहजै रुपमा लिएको छ भने दोस्रो कारोबार दिनमा अझ माथिल्लो विन्दु समाउँदै बजार बढेको छ । यसले शेयर बजारका लगानीकर्तालाई अझ उत्साहित गराएको छ ।

बजार निरन्तर बढेको छ । बढ्दो बजारमा करेक्न आउने अनुमान धेरैको हुन्छ । त्यसैगरी २६ सयको विन्दुलाई पनि लगानीकर्ताहरुले खड्कोको रुपमा लिने गरेको थिए । त्यसैले यो विन्दु वरपर बजारमा धेरै उतार चढाव देखियो । सोमबारको बजारमा आएको करेक्सन र मंगलबारको बजारमा देखिएको ठूलो अंकको उतारचढालाई बजारले सहजै पार गरेको लगानीकर्ताको बुझाई छ । त्यसैले २६ सयको खड्को टर्यो र अब लगानीकर्ताको टार्गेट २९ सयको विन्दुतर्फ भएको अनुमान गर्न थालिएको छ ।

 

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।