२६ सयको खड्को टर्यो, अबकाे टार्गेट २९ सयको विन्दु तर्फ

Jul 30, 2024 06:05 PM Merolagani



पछिल्लो समय शेयर बजार निरन्तर रुपमा बढेको छ । बजारमा दैनिक रुपमा भएको वृद्धिले लगानीकर्तालाई उत्साहित बनाएको छ ।

लगानीकर्ता करेक्सन पर्खेर बसेका थिए । निरन्तरको वृद्धिपछि नाफा सुरक्षित गर्ने र बजार प्रवेश गर्ने समय पर्खेर बस्ने लगानीकर्तालाई करेक्सनले मौका दिएको छ ।

सोही अनुसार बजारमा आउने करेक्सनलाई बजारले सहजै रुपमा लिएको छ भने दोस्रो कारोबार दिनमा अझ माथिल्लो विन्दु समाउँदै बजार बढेको छ । यसले शेयर बजारका लगानीकर्तालाई अझ उत्साहित गराएको छ ।

बजार निरन्तर बढेको छ । बढ्दो बजारमा करेक्न आउने अनुमान धेरैको हुन्छ । त्यसैगरी २६ सयको विन्दुलाई पनि लगानीकर्ताहरुले खड्कोको रुपमा लिने गरेको थिए । त्यसैले यो विन्दु वरपर बजारमा धेरै उतार चढाव देखियो । सोमबारको बजारमा आएको करेक्सन र मंगलबारको बजारमा देखिएको ठूलो अंकको उतारचढालाई बजारले सहजै पार गरेको लगानीकर्ताको बुझाई छ । त्यसैले २६ सयको खड्को टर्यो र अब लगानीकर्ताको टार्गेट २९ सयको विन्दुतर्फ भएको अनुमान गर्न थालिएको छ ।

 

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।