धनगढीका लागि उडेकाे विमानमा एयर हाेस्टेजमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

Jul 31, 2024 12:52 PM Merolagani



एयर हाेस्टेजमाथि दुर्व्यवहार गरेपछि एक युवक पक्राउ परेका छन् । प्रहरीले श्री एयरलाइन्सकी एक एयर होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रुलाई पक्राउ गरेको हाे ।

साेहि आरोपमा प्रहरीले शिवराज ओझालाई नियन्त्रणमा लिएकाे हाे । ओझा कैलालीको गोदावरी नगरपालिका–१ का हुन्।

मंगलबार काठमाडौँबाट धनगढीका लागि उडेकाे विमानमा सवार यात्रुले साेहि विमानकी एयर हाेस्टेजमाथि दुर्व्यवहार गरेका थिए। प्रहरीका अनुसार उनले एयरहोस्टेजलाई दुर्व्यवहार गरेका थिए । त्यसपछि, विवाद बढ्दै गएपछि उनले विमानका अरू कर्मचारीलाई पनि दुर्व्यवहार गरेकाे बताइएकाे छ ।

प्रहरीले विमान धनगढीमा अवतरण भएपछि उनलाई नियन्त्रणमा लिएकाे थियाे । प्रहरीले अभद्र व्यवहार मुद्दामा उनीमाथि अनुसन्धान गरिरहेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।