एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको प्रतिफल घोषणा

Aug 01, 2024 08:37 AM Merolagani



एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना, एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड (NADDF) ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

फण्डले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन १७ गते बसेको फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ फण्डले साउन १७ गते अर्थात आज नै बुकक्लोज गर्ने भएको छ। यस अनुसार हिजो अर्थात साउन १६ गतेसम्म कायम रहेका इकाईधनीहरुले, फण्डले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

यो एक खुलामुखी योजना भएकोले इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो लाभांश वितरणपश्चात समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना मार्फत थप इकाईहरु पनि खरिद गर्न सक्नेछन्। पुनः लगानी गर्न इच्छुक इकाईधनीहरुले साउन ३२ गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने क्यापिटलले बताएको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।