एनआईसी एशिया म्युचुअल फण्डका बन्दमुखी योजनाहरुको प्रतिफल घोषणा

Aug 01, 2024 10:40 AM Merolagani



एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

#6# साउन १७ गते बसेको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित एनआईसी एशिया सेलेक्ट ३० (NICSF) का इकाईधनीहरुलाई १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड (NICFC) का इकाईधनीहरुलाई १०.५० प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्ड (NICGF) का इकाईधनीहरुलाई ९.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। त्यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड (NICBF) का इकाईधनीहरुलाई ९.२५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ।

यी फण्डहरुको कोष प्रबर्द्धक एनआईसी एशिया बैंक लिमिटेड रहेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।