एनआईसी एशिया म्युचुअल फण्डका बन्दमुखी योजनाहरुको प्रतिफल घोषणा

Aug 01, 2024 10:40 AM Merolagani



एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

#6# साउन १७ गते बसेको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित एनआईसी एशिया सेलेक्ट ३० (NICSF) का इकाईधनीहरुलाई १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड (NICFC) का इकाईधनीहरुलाई १०.५० प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्ड (NICGF) का इकाईधनीहरुलाई ९.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। त्यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड (NICBF) का इकाईधनीहरुलाई ९.२५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ।

यी फण्डहरुको कोष प्रबर्द्धक एनआईसी एशिया बैंक लिमिटेड रहेको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।