बैंक अफ जापानले नीति दर ०.२५ प्रतिशतमा बढायो

Aug 01, 2024 11:59 AM Merolagani



जापानको केन्द्रीय बैंकले बुधवार आफ्नो अल्पकालीन ब्याजदर ०.१ प्रतिशतको दायराबाट ०.२५ प्रतिशतमा बढाउने निर्णय गरेको छ । यस वर्षको दोस्रो नीति दर वृद्धि हो । जुन दुई दिने मौद्रिक नीति बैठकपछि घोषणा गरिएको थियो ।

फेब्रुअरी २००७ पछिको पहिलो अतिरिक्त दर वृद्धि हो । बैंक अफ जापानले पनि आफ्नो मौद्रिक नीतिलाई सामान्य बनाउने दिशामा कदम चाल्ने संकेत गर्दै मार्च २०२६ सम्ममा आफ्नो मासिक सरकारी ऋणपत्र खरिदलाई ६ ट्रिलियन येनबाट आधा घटाएर ३ ट्रिलियन येन (लगभग २० अर्ब अमेरिकी डलर) गर्ने निर्णय गरेको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।