नयाँ श्रम सम्झौता गर्न ओमानको उच्चस्तरिय टोली नेपाल भ्रमणमा

Aug 01, 2024 06:29 PM Merolagani



नेपाल र ओमानबीच नयाँ श्रम सम्झौता हुने भएको छ । त्यसको लागि ओमानको उच्चस्तरीय एउटा प्रतिनिधिमण्डल विहिबार काठमाडौं आइपुगेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ओमानका श्रम मन्त्रालयका महानिर्देशक नासिर सलिन नासेर अल हद्रामीको नेतृत्वमा आएको टोलीमा विदेश मन्त्रालयका राजदूत सुलेमान साउदी, अलि अजिज अज जाब्री, शाही ओमान प्रहरीका कमाण्डर मोहम्मद नासिर सुलेमान अल किन्डी, कन्सुलर विभागका प्रमुख जासिम इद अब्दुल्लाह अल सादी, शाही कार्यालयका मोहम्मद मोहम्मद हुएशिल अल मोहम्मदी, परराष्ट्र मन्त्रालयको कानुन विभागका थर्ड सेक्रेटरी लिथ सालेह मोहम्मद अल आज्मी र इसा हमिद ह्युमेड अल बुलुशी रहेका छन् ।

उनीहरुले प्रधानमन्त्री केपी ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा, श्रम मन्त्री शरदसिंह भण्डारीलगायतका उच्च स्तरिय अधिकारीहरुसंग भेट गर्ने छन् । उनीहरुको भ्रमणको अवसर पारेर नेपाल र ओमानबीच नयाँ श्रम सम्झौता हुने श्रम मन्त्रालय सम्वन्ध स्रोतले जानकारी दिएको छ । ‘अधिकाँश विषयमा सहमति भइसकेको छ, केही केही बुँदाहरुमा थप छलफल गरेर सम्झौतामा हस्ताक्षर हुनेछ । कुनै आकस्मिक घटना नभए यही भ्रमणको बेला सम्झौता हुनेछ,’ श्रम मन्त्रालयका एक अधिकारीले मेरो लगानीसँग भने ।

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।