नेपालको निर्जीवन बीमा बजारमा सबैभन्दा ठूलो हिस्सा अहिलेपनि शिखर इन्स्योरेन्सकै छ । कम्पनीले गत आव २०८०।८१ मा ३ लाख १५ हजार १ सय ५७ वटा बीमा पोलिसी बेचेर ५ अर्ब ४७ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको बीमा प्रिमियम संकलन गरेका छन् जुन कुल बजारको १३ दशमलब १३ प्रतिशत हुन आउँछ । कसैसँग मर्जर नगरिसकनै बिमा प्राधिकरणले निर्धारण गरेको चुक्ता पुँजी पुरयाएको शिखरले आफ्नो व्यापार पनि त्यही अनुसार बढाउँदै लगेको देखिन्छ ।
शिखर इन्स्योरेन्सलाई त्यसपछि भने मर्जर गरेका कम्पनीहरुले टक्कर दिइरहेको तथ्यांकले देखाउँछ। शिखरलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले टक्कर दिइरहेको छ । सगरमाथा लुम्बनीले गत आवमा ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् भने सिद्धार्थ प्रिमियमरले ४ अर्ब १७ करोड ७१ लाख रुपैयाँको प्रिमियम संकलन गरेका छन् जुन क्रमशः कुल बिमा बजारको ११ दशलब ५५ प्रतिशत र १० दशमलब ०७ प्रतिशत हुन आउँछ । हिमालयन एभरेष्ट भने भने ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ संकलन गर्दा कुल कारोबारको ८ दशमलब ९८ प्रतिशत हिस्सा ओगेटेको छ । आइजीआई प्रुडेनिसयल इन्स्योरेन्सले कुल निर्जीवन बीमा कारोबारको ८ दशमलब ८० प्रतिशत प्रिमियम संकलन गरेका छन् । आईजीआईले गत वर्ष ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँ संकलन गरेका छन् । निर्जीवन बीमा बजारमा प्रिमियम संकलनका आधारमा टप ५ कम्पनीमध्ये शिखर इन्स्योरेन्स बाहेक सबै कम्पनीहरु मर्जरबाट आएका कम्पनीहरु हुन । टप ५ कम्पनीले कुल निर्जीवन बीमा बजारको ५० प्रतिशत भन्दा बढी व्यापार गर्ने गरेका छन् ।
नेको इन्स्योरेन्सले ३ अर्ब १४ करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७२ करोड ७२ लाख रुपैयाँ, सानिमा जीआईसीले २ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५५ करोड २७ लाख रुपैयाँ, दी ओरियन्टलले २ अर्ब १६ करोड १४ लाख रुपैयाँ, प्रभु इन्स्यारेन्सले १ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५९ करोड ४० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ५९ करोड ३ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले १ अर्ब १९ करोड ८७ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरेका छन् ।
लघु बीमाको हिस्सा शून्य दशमलब ७१ प्रतिशत
गत वर्ष ४ वटा लघु निर्जीवन बीमा कम्पनीले २९ करोड ४८ लाख रुपैयाँको कारोबार गरेका छन् जुन कुल बीमा कारोबारको शून्य दशमलब ७१ प्रतिशत मात्रै छ । लघु निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्सले १० करोड ३१ लाख रुपैयाँको कारोबार गरेको छ भने सबैभन्दा कम ट्रस्ट माइक्रो इन्स्योरेन्सले ३ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।