महँगो शेयरमूल्य भएको कुथेली बुखरीको वित्तीय अवस्था कस्तो?

Aug 13, 2024 09:11 AM Merolagani



जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा महँगो शेयरमूल्य भएको कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा १ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ३ करोड ३७ लाख रुपैयाँ रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीकाे कुल नाफा ३ करोड ३ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा २ करोड ३२ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ९५ पैसा रहेको छ। त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात ११६.७० गुणा रहेको छ।

दोस्रो बजारमा कम्पनीको शेयर, साउन २८ गते, सोमबार २ हजार २०८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो। यो जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा महँगो शेयरमूल्य हो। यद्यपि, कम्पनीको मूल्य केही दिन अघि २ हजार ७२६ रुपैयाँमा कारोबार भएको थियो।

 




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।