मुक्तिनाथ कृषि कम्पनीको नाफा उल्लेख्य बढ्यो, प्रतिशेयर आम्दानीमा पनि सुधार

Aug 14, 2024 05:05 AM Merolagani
3



मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) ले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६७.०८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले १ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७०.१४ प्रतिशत बढेको छ भने कुल नाफा ५७.०१ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी ५५.७८ प्रतिशत र कुल सञ्चालन खर्च ६०.३३ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ १३ पैसा बढेर ४ रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ६९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४७.८७ गुणा रहको छ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।