नेको इन्स्योरेन्सकाे नाफा सामान्य घट्यो, प्रतिशेयर आम्दानीमा पनि गिरावट

Aug 14, 2024 09:17 AM Merolagani



नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ६८ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.७४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ७.३३ प्रतिशत र कुल आम्दानी ३.९० प्रतिशत घटेको छ। सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी १४.३२ प्रतिशत घटेको छ भने कुल खर्च ५.५३ प्रतिशत घटेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ९६ पैसा घटेर ३४ रुपैयाँ ७ पैसामा झरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.५३ गुणा रहेको छ।

२ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ९ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड ५५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ७८ लाख रुपैयाँ र अन्य इक्विटीमा ४९ करोड ९४ लाख रुपैयाँ रहेको छ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।