क्षमता अब्बल भए पनि यी लघुवित्तले बाँड्न पाउँदैनन लाभांश (सूचीसहित)

Aug 22, 2024 03:06 PM Merolagani



लघुवित्त कम्पनीहरुको वितरणयोग्य नाफा उल्लेख्य भए पनि खराब कर्जा सीमा भन्दा बाहिर रहेका लघुवित्त कम्पनीहरुले भने लाभांश वितरण गर्न पाउने छैनन । नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएका वित्तीय संस्थाहरुले गत वर्षको नाफाबाट लाभांश वितरण गर्न पाउँदैनन ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस वर्षको साउन मसान्तसम्म असुल उपर गरेको कर्जाबाट उठेको नाफालाई पनि अघिल्लो वर्षकै नाफामा जोडन पाउने छुट दिएको छ त्यसकारण लघुवित्तले हालै प्रकाशित गरेको वित्तीय विवरणलाई मात्रै आधार बनाएर लाभांश वितरण गर्न सक्ने वा नसक्ने भन्ने निर्णय गर्न सकिंदैन । लघुवित्तहरुले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिकको वित्तीय विवरण अनुसार ५० वटा लघुवित्त कम्पनीमध्ये २१ वटा लघुवित्त कम्पनीले लाभांश वितरण गर्न नसक्ने देखिएको छ ।

वितरणयोग्य प्रति शेयर आम्दानीका आधारमा प्रति शेयर १ सय २५ देखि १ सय ७७ रुपैयाँसम्म लाभांश प्रदान गर्न सक्ने क्षमता भए पनि खराब कर्जा केन्द्रीय बैंकले तोकेको सीमा भन्दा बढी रहेका कारण तिनीहरुले कर्जा वितरण गर्न सक्ने अवस्था नदेखिएको हो । तथ्यांक अनुसार सबैभन्दा धेरै खराब कर्जा आत्मनिर्भर लघुवित्तको रहेको छ । कम्पनीको खराब कर्जा १३.२२ प्रतिशत रहेको छ । त्यस्तै युनिक नेपाल लघुवित्तको खराब कर्जा १२.७४ प्रतिशत र नेस्डो समृद्धि लघुवित्तको १२.५८ प्रतिशत रहेको छ । त्यस्तै निर्धन उत्थान लघुवित्तको १०.६ प्रतिशत, समता घरेलु लघुवित्तको १०.४८ प्रतिशत खराब कर्जा रहेको छ।

एनआईसी एसिया लघुवित्त र मातृभुमी लघुवित्तको खराब कर्जा ९ प्रतिशतको हाराहारीमा, नाडेप लघुवित्त ८ प्रतिशतको हाराहारीमा छ भने ७ प्रतिशतको हाराहारीमा स्वालम्बन, विजय, मेरो, लक्ष्मी, सामुदायिक लघुवित्तको खराब कर्जा रहेका छ । फर्वार्ड, ग्रामीण विकास, जनउत्थान सामुदायिक, नेरुडे मिर्मिरे, सिर्जनशील, एनएमबी माइक्रोफाइनान्स, सुर्योदय वोमी लघुवित्तको ६ प्रतिशतभन्दा माथि खराब कर्जा रहेको छ । स्वरोजगार र इन्फिनिटी लघुवित्तको खराब कर्जा भने ५ प्रतिशतभन्दा थोरै मात्रै माथि रहेको छ । साउन महिनामा केही खराब कर्जाको असुली भएमा यी दुई लघुवित्तले भने गत वर्षको नाफाबाट लाभांश बाँड्न पाउने छन् ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश लघुवित्त नोक्सानीमा थिए, तेस्रो त्रैमासबाट विस्तारै वित्तीय अवस्थामा सुधार हुँदै आएको हो । अघिल्लो वर्षको नाफाबाट थोरै मात्रै लघुवित्त लाभांश बाँड्न पाएका थिए । गत आवको नाफाबाट भने करिब दुई दर्जन लघुवित्तले राष्ट्र बैंकले तोके बमोजिम लाभांश बाँड्न सक्ने हैसियत बनाएका छन् ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।