सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन

Aug 23, 2024 06:32 AM Merolagani



भदौ ७ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज फर्स्ट म्युचुअल फण्ड (SFMF) को इकाईमूल्य समायोजन भएको छ। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले फण्डको १२.५० प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात फण्डको इकाईमूल्य १० रुपैयाँ ७२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको इकाईमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार फण्डको इकाई ११ रुपेयाँ ९७ पैसामा अन्तिम कारोबार भएको हो।

समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा फण्डको इकाई कारोबार खुल्नेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।