गत साता साढे ७ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Sep 01, 2024 06:29 AM Merolagani



गत साता नेप्से परिसूचक साढे ७ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २९७४.४६ विन्दुमा बन्द भएको नेप्से, गत साता ७.५६ प्रतिशत अर्थात २२४.८९ अंक घटेर २७४९.५७ विन्दुमा झरेको छ।

गत साता ४ कारोबार दिनका लागि खुलेको बजारमा ३ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन मात्र बढेको थियो। गत साताको बुधबार नेप्से झिनो अंक बढेर बन्द भएको थियो।

 

टेवा क्षेत्र नजिक

गत साता नेप्से परिसूचक घटेर टेवा क्षेत्र नजिक झरेको छ। हाल नेप्सेको टेवा क्षेत्र २६०० देखि २६६० सम्म रहेको छ। आगामी कारोबार दिन नेप्से ओरालो लागेमा सो क्षेत्रमा टेवा पाउनेछ। तर, उकालो लागेमा भने २९३० देखि ३००५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

गत साता साप्ताहिक रुपमा नेप्सेले बियरिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती नै बनाएको छ। त्यसले सो दिन पनि बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेमा दैनिक औषतमा १६ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम २१ अर्ब १६ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम २३.९६ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा नेप्से न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।