दुई म्युचुअल फण्डहरुको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 03, 2024 06:33 AM Merolagani



भदौ १८ गते, मंगलबार, दुई म्युचुअल फण्डहरुको प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। प्रतिफल वितरण प्रयोजनार्थ कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले भोली अर्थात भदौ १९ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

कुमारी इक्विटी फण्ड (KEF) ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो भने कुमारी धनवृद्धि योजना (KDBY) ले पनि ९.५ प्रतिशतका दरले नै लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

यी फण्डहरुको योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्द्धक कुमारी बैंक लिमिटेड रहेको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।