दुई म्युचुअल फण्डहरुको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 03, 2024 06:33 AM Merolagani



भदौ १८ गते, मंगलबार, दुई म्युचुअल फण्डहरुको प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। प्रतिफल वितरण प्रयोजनार्थ कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले भोली अर्थात भदौ १९ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

कुमारी इक्विटी फण्ड (KEF) ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो भने कुमारी धनवृद्धि योजना (KDBY) ले पनि ९.५ प्रतिशतका दरले नै लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

यी फण्डहरुको योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्द्धक कुमारी बैंक लिमिटेड रहेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।