धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अघि बढाइँदै, पुरानै प्रक्रियालाई नयाँ सिराबाट लैजाने अर्थ मन्त्रालयको निर्णय

Sep 05, 2024 06:17 AM Merolagani



नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः सुरु हुने भएको छ। अर्थ मन्त्रालयले पुनः प्रक्रिया सुरु गर्ने भएको हो। “धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः सुरु गर्ने निर्णय भएको छ,” अर्थ मन्त्रालय स्रोतले भन्यो।

अर्थ मन्त्रालयले स्रोतका अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नियुक्ति प्रक्रिया अघि बढाउने निर्देशन दिएका छन्। जसमा नयाँ प्रक्रिया सुरु गर्ने भन्दा पनि पुरानै प्रक्रियालाई अघि बढाउने गरी अर्थमन्त्रीको निर्देशन छ। पछिल्लो समय मन्त्रालयले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन मिल्छ वा मिल्दैन ? भनेर महान्यायाधिवक्ताको कार्यालयसँग कानुनी राय मागेको थियो । जसमा अघि बढाउन मिल्ने राय आएपछि अर्थमन्त्रीको प्रक्रिया अघि बढाउने निर्देशन आएको हो। जुन निर्देशन पछि केही दिनमा नै प्रक्रिया अघि बढ्ने छ।

सरकाले नयाँ प्रक्रिया अघि बढाउन नसक्ने भएकोले पनि पुरानै प्रक्रियालाई नयाँ सिराबाट अघि बढाउन लागिएको हो। किनकि यस अघि सर्ट लिस्टमा परेका एक उम्मेदवार सन्तोष नारायण श्रेष्ठले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। जसमा गत असार १८ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय कार्यान्वयन नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गर्‍यो । गत असार २१ मा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले समेत असार १८ को अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दियो। आउने माघ ३० मा मात्रै अर्को सुनवाइ हुने छ। सर्वोच्चमा विचाराधीन अवस्थामा मुद्दा रहेका कारणले पनि सरकारले तत्कालै नयाँ प्रक्रिया अघि बढाउन सक्दैन। नयाँ प्रक्रिया अघि नै बढाउनको लागि आउने माघ ३० सम्म पर्खनु पर्ने हुन्छ। यति लामो समय बोर्डलाई अध्यक्ष विहीन राख्न नहुने तर्क बलियो बन्दै गएपछि सरकार पुरानै प्रक्रिया अघि बढाउन सहमत भएको हो।

पछिल्लो समय धितोपत्र बोर्ड अध्यक्ष छनौट समितिले १९ आवेदकबाट पाँच जनाको नाम सर्ट लिस्ट गरेको थियो। जसमा नवराज अधिकारी, कृष्णबहादुर कार्की, सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र चिरञ्जीवी चापागाईँ थिए। उनीहरूलाई समितिले अन्तरवार्ताको लागि डाकेको थियो। तर, अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठबाहेक तीन जना उपस्थित भएनन् । धितोपत्र ऐनमा तीन जना सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यस अनुसार नभएपछि छनौट समितिले सम्पूर्ण प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो।

तर अहिले पुनः तीनै सर्ट लिस्टमा परेकाहरूलाई अन्तरवार्ताको लागि बोलाइने भएको छ। यस अघि अनुपस्थित भएर प्रक्रिया नै फेल गराउन लागेका तीन भाइ समेत अन्तरवार्तामा उपस्थित हुनेछन्। किनकि अहिले अर्थ मन्त्रालय मातहत कै दुई व्यक्ति छानिएका छन्। जसमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की छन्। अर्थ मन्त्रालयले उनीहरू दुवैको क्लास लिने योजना बनाएको छ।  उनीहरूको समेत अन्तरवार्ताको प्रक्रिया सकाएर तीन जनाको नाम सिफारिस गर्ने योजनामा मन्त्रालयले काम गरिरहेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।