बरुण हाइड्रोपावरले डाक्यो साधारण सभा

Sep 05, 2024 09:37 AM Merolagani



बरुण हाइड्रोपावर कम्पनी (BPCL) ले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा, असोज १३ गते, आईतबार २१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्ने, गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, हकप्रद शेयर अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।