कुमारी बैंकको ‘तीजको शुभकामना’ स्वरूप क्यास ब्याक योजना संचालन

Sep 05, 2024 11:33 AM Merolagani



कुमारी बैंक लिमिटेड(KBL)ले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ ।

कुमारी बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहिहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत् रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप क्यास ब्याक याेजना ल्याएकाे हाे । बैंकले यहिँ भदाै २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई १०० रूपैयाँको क्यास ब्याक योजना संचालनमा ल्याएको हाे । यस योजनाबाट सेवाग्राहिहरुको विद्यूतीय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएको छ ।

कुमारी बैंककाे देशभर ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन्। बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।