सुजुकीले ल्यायाे दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठका लागि “दशैँ आयो क्यास पायो’’ योजना

Sep 10, 2024 03:08 PM Merolagani



सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रालि.ले आफ्ना ग्राहकहरुको लागि मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको उपलक्ष्यमा “दशैँ आयो क्यास पायो’’ स्किम ल्याएको छ ।

यस चाडमा सुजुकीले ल्याएको “दशैँ आयो क्यास पायो’’ स्किम अन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी पाइनेछ न्यूनतम ७ हजार रूपैयाँदेखि ५ लाख रूपैयाँसम्म क्यास तुरुन्तै साथै एक्स्चेन्ज र फाईनान्सकाे पनि सुविधा छ । सुजुकीले आफ्नो मोटरसाईकल तथा स्कुटरको विश्वसनियतालाई कायम गर्न ५ बर्षको वारेण्टिका साथै पञ्च बर्षीय फ्री सर्भिस पनि ल्याएको छ ।

अब सुजुकीको कुनै पनि मोटर साईकल र स्कुटर चड्दा ५ बर्षसम्म ढुक्क हुन सकिने कम्पनीले जनाएको छ ।

दशैँ मनाऔ र Cash पाई खुशी हौ भन्ने मूल मन्त्र रहेको सुजुकीको योजनाले ग्राहकको मन जित्ने कुरामा कम्पनी ढुक्क छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।