शेयर किनबेचमा मात्रै कर्मचारीले ध्यान दिन थालेपछि सरकारी कार्यालयमा टीएमएस प्रयोगमा रोक

Sep 10, 2024 04:05 PM mero lagani



सरकारी कर्मचारीहरुले शेयर बजारमा लगानी गर्ने क्रम बढेपछि सरकारले त्यसलाई नियन्त्रण गरेको छ । त्यसक्रममा सरकारले आइतबारदेखि नै टीएमएस (ट्रेड म्यानेजमेण्ट सिस्टम) नचलाउन सम्पूर्ण सरकारी कार्यालयहरुलाई कडा निर्देशन दिएको छ । 

त्यस अघि भदौ २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रीपरिषद् कार्यालयलाई पत्र लेखेर कुनै पनि सरकारी कार्यालयमा टिएमएस नचलाउनको लागि आदेश दिएको थियो । त्यही अनुसार सो कार्यालयले आइतबार देशभरका संघीय, प्रादेशिक र स्थानीय निकाय मातहतका सरकारी कार्यालयहरुलाई टिएमएस सेवा प्रयोग नगर्न आदेश दिएको थियो । साथै प्रयोग गरेको पाइएमा कडा कारवाही गर्ने चेतावनी पनि दिइएको छ ।

स्मरणरहोस् नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सन् २०१८ को नोभेम्बर ६ तारिखदेखि टीएमएस प्रणालीबाट कारोबार शुरु गरेको थियो । त्यही अनुसार सेयर र अन्य धितोपत्र किनबेच गर्न लगानीकर्ता तथा कारोबारीले अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जडान गरेको ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) प्रयोग गर्दै आएका छन् ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।