२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM Merolagani



साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ । 

भदौ लागेपछिको १५ कारोबारमा ५ कारोबार दिन बजार हरियो भएर बन्द भएको छ भने १० कारोबार दिन रातो भएर बन्द भएको छ । रातो क्यान्डल लामा लामा बनेका छन् भने हरियो क्यान्डल एक दिन बाहेक सबै साना साना मात्रै छन् ।

स्वीङ हाईबाट मंगलबारसम्म बजार १२.२६ प्रतिशतले घटेर २६ सय ३२ दशमलब ९४ विन्दुमा पुगेको छ । नेप्से परिसूचक पछिल्लो हाईबाट ३ सय ६७ दशमलब ८७ विन्दुले घट्दा सबैभन्दा धेरै हाइड्रोपावर समूह १५ दशमलब ६४ प्रतिशत र सबैभन्दा कम म्युचुएल फन्ड समूह २.७८ प्रतिशतले घटेको छ । त्यस बीचमा अन्य समूह १४.६७ प्रतिशत, फाइनान्स समूह १४.५० प्रतिशत, होटल समूह १३.४६ प्रतिशत, बैकिङ समूह १३.१२ प्रतिशत, लाइफ इन्स्योरेन्स समूह ११.८६ प्रतिशत, उत्पादनमूलक समूह ११.८१ प्रतिशत, इन्भेष्टमेन्ट समूह ११.७२ प्रतिशत, ट्रेडिङ समूह ११.५६ प्रतिशत, विकास बैंक समूह ८.३० प्रतिशत, नन लाइफ इन्स्योरेन्स समूह ८.०७ प्रतिशत र माइक्रोफाइनान्स समूह ५.८० प्रतिशतले घटेको छ ।

समूह परिसूचक सबैभन्दा बढी १५ प्रतिशतले मात्रै घटे पनि कतिपय कम्पनीको शेयर मूल्य भने २० प्रतिशतभन्दा धेरैले घटेको छ । नेप्सेले ३ हजारको विन्दु छोएर घट्न थालेपछि २० प्रतिशतभन्दा धेरै घटेका कम्पनीहरुमा हाइड्रोपावर समूहकै बाहुल्यता देखिएको छ । २० प्रतिशभन्दा धेरै शेयर मूल्य घटेका २६ वटा कम्पनीहरुमा २० वटा त हाइड्रोपावर कम्पनी नै छन् । त्यसपछि फाइनान्सको २ वटा, लगानी समूहको दुई वटा, अन्य समूहको एक वटा र होटल समूहको १ वटा कम्पनीको शेयर मूल्य २० प्रतिशतभन्दा धेरैले घटेको छ ।

पछिल्लो घटाईमा सबैभन्दा धेरै घट्ने कम्पनीमा सानिमा माई हाइड्रोपावर रहेको छ । कम्पनीको शेयर मूल्य नेप्से ३ हजारको विन्दुमा हुँदा ६ सय ७८ रुपैयाँ रहेकोमा अहिले ५ सय ८ रुपैयाँमा झरेको छ जुन २५.११ प्रतिशतले गिरावट आएको छ ।

दोस्रो धेरै घट्ने कम्पनीमा फाइनान्स समूहका नेपाल फाइनान्स रहेको छ । नेप्से स्वीङ हाइमा हुँदा २०७० मा रहेको नेपाल फाइनान्स मंगलबार १५ सय ५८ रुपैयाँमा कारोबार भयो । ३ हजारको विन्दुमा हुँदा भन्दा अहिले नेपाल फाइनान्सको शेयर मूल्य २४.७३ प्रतिशतले गिरावट आएको छ ।

त्यसैगरी सिंगटी हाइड्रोपाव २३.५७ प्रतिशत, रिडी पावर २३.५० प्रतिशत, चन्द्रागिरी हिल्स २३.०५ प्रतिशत, हिमालयन ऊर्जा विकास कम्पनी २२.४५ प्रतिशत, अपर तामाकोशी २२.४५ प्रतिशत, मोलुङ हाइड्रोपावर २२.०६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी २१.७७ प्रतिशत र माइखोला हाइड्रोपावर २१.७५ प्रतिशतले शेयर मूल्यमा गिरावट आएको छ ।

त्यस्तै प्रोग्रेसिभ फाइनानस २१.६९ प्रतिशत, अरुण काबेली पावर २१.५४ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंक २१.३८ प्रतिशत, माथिल्लो मैलुङ खोला हाइड्रोपावर २१.२६ प्रतिशत, पिपल्स हाइड्रोपावर २१.०९ प्रतिशतले घटेको छ । हिमालयन हाइड्रोपावर २०.९४ प्रतिशतले घट्दा शिवश्री हाइड्रोपावर २०.९० प्रतिशत, माउन्टेन हाइड्रो नेपाल २०.८३ प्रतिशत र युनिभर्सल पावर २०.८३ प्रतिशतले घटेको छ ।

त्यसैगरी युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रो, युनियन हाइड्रो, श्वेत गंगा हाइड्रोपाव एन्ड कन्स्ट्रक्सन, आँखुखोला जलविद्युत र हिमालयन रिइन्स्योरेन्स पनि २० प्रतिशतसम्म बढ्ने कम्पनीहरुको सूचीमा अटाएका छन् ।

बजार १२ प्रतिशतभन्दा भन्दा बढीले घटिसकेको अवस्थामा लगानीकर्ताहरुले बाउन्स ब्याकको आशा गरिरहेका छन् । बाउन्स ब्याक हुँदा एकथरी लगानीकर्ताले सबैभन्दा धेरै घटेकै कम्पनीहरुमा आँखा लगाउने गरेको विगतको अनुभवले देखाउँछ । यदि बजार २६ सयकै हाराहारीमा सपोर्ट बनाएर उकालो लागेमा भने लगानीकर्ताहरुले यही धेरै घटेकै कम्पनीहरुमध्येबाट बाई पोजिसनको लागि कम्पनी छनोट गर्ने एउटा आधार बनाउन सकिन्छ । ‘छिटो गतिमा झरेको बल नै माथि जाँदा बेस्सरी उफारिने गर्दछ ।’–एक लगानीकर्ताले भने –‘लगातार ५ दिन झरेको बजारमा अब यस्तै धेरै झरेको कम्पनीहरु एक्युमुलेट गर्दा छिटो गेनको आशा गर्न सकिन्छ ।’




comments powered by Disqus

नेप्सेमा Falling Wedge Pattern: बुलिश सिग्नलको उदय

Sep 12, 2024 02:58 PM

हालै बजारमा FALSE Head and Shoulders जस्तो तर्साउने प्याटर्न देखिएपछि,नयाँ एक आशावादी प्याटर्न देखा परेको छ, जसलाई Falling Wedge प्याटर्न भनिन्छ। यो क्लासिक बुलिश (बजार उकालो जाने) प्याटर्न आशाको किरण मात्र होइन; यो आगामी बजारको माथिल्लो चालको संकेत पनि हो, साथै बजारमा लगानी गरेर उत्कृष्ट नाफा कमाउने अवसर पनि हो ।