नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश घोषणा, बुकक्लोज कहिले?

Sep 11, 2024 10:21 AM Merolagani



नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) ले, गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

भदौ २५ गते बसेको फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले करसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

लाभांश वितरण प्रयोजनार्थ फण्डले असोज ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने नगद लाभांश प्राप्त गर्न सक्नेछन्।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।