प्रि ओपन सेसन अपडेटः करिब साढे १५ अंक बढ्यो नेप्से

Sep 12, 2024 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार २२.७३ अंक घटेर २६१०.२१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.२४ अंक बढेर २६२५.४६ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.६५ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५९ स्टकको ८५ पटकको कारोबारमा २१ लाख ८१ हजार ८६६ रुपैयाँबराबरको ३ हजार ३०४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।