अघिल्लो कारोबार दिन अर्थात आइतबार ५०.७३ अंक घटेर २६३७.७९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८२ अंक घटेर २६३५.९६ विन्दुमा झरेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.२३ अंक घटेको छ।
सोमबार प्रि ओपन सेसनमा ५३ स्टकको १०५ पटकको कारोबारमा ३८ लाख ८१ हजार ६८१ रुपैयाँ ७० पैसाबराबरको ५ हजार १९९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।