एनआईसी एशिया बैंकका कार्ड प्रयोगकर्ताहरुलाई लेमाेन ट्रि प्रिमियर बुढानिलकण्ठ होटलका विभिन्न सेवामा ३५ प्रतिशतसम्मको छुट

Sep 16, 2024 06:53 PM Merolagani



एनआईसी एशिया बैंक(NICA)ले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, बुढानीलकण्ठस्थित लेमाेन ट्रि प्रिमियर बुढानिलकण्ठ  होटलमा विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ ।

नजिकिदै गरेकाे दशैंं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको अवसरमा भिसा डेबिट कार्ड तथा भिसा क्रेडिट कार्ड र प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहकहरुलाई बैंकले यस्तो सुविधा उपलब्ध गराएको छ ।

उक्त छुट प्रदान गर्ने विषयमा एनआईसी एशिया बैंक र लेमाेन ट्रि प्रिमियर बुढानिलकण्ठ होटलबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारी अनुसार भिसा डेबिट कार्ड, भिसा क्रेडिट कार्ड र मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरुले होटलको बसाई, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यसका साथै, स्पा सेवामा भिसा डेबिट कार्ड, मास्टरकार्ड प्रयोगकर्ताले ३० प्रतिशत र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छुट प्राप्त गरिनेछ। साथै, आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरुले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र भिसा क्रेडिट कार्ड तथा मास्टरकार्ड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट अफर २०२४काे नोभेम्बर ३० अर्थात् २०८१ मंसिर १५ गतेसम्मका लागि मात्र लागू हुनेछ । ‘रुम अपग्रेड’को सुविधा प्राप्त गर्न कोठा उपलब्धतामा भर पर्नेछ भने केक कम्प्लिमेन्ट्री प्राप्त गर्नको लागि एक दिनअघि नै जानकारी गराउनुपर्नेछ । यो छुट होटलको वेबसाइटमा उपलब्ध भएको दरमा प्राप्त हुनेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।