अर्कोतर्फ, जीले स्टार इन्डियाको क्षतिपूर्तिको दाबीलाई अस्वीकार गर्दै यो दाबीको खण्डन गर्ने बताएको छ । "मध्यस्थता आफ्नाे प्रारम्भिक चरणमा रहेकाे छ र लन्डन न्यायाधिकरणले कम्पनी कुनै पनि हिसाबले याे जिम्मेवार छ वा छैन भनेर निर्धारण गर्न बाँकी छ," मुम्बई-सूचीबद्ध प्रसारणकर्ताले नियामक फाइलिङमा भने।
जीले २०२२ काे २६ अगस्टमा भएको सम्झौताको पालना गर्न असफल भएपछि यस वर्षको मार्चमा स्टार इन्डिया लन्डन कोर्ट अफ इन्टरनेशनल आर्बिट्रेसनमा गएको थियो। यो सम्झौता अनुसार स्टार इन्डियाले आईसीसीका लागि टेलिभिजन प्रसारण लाइसेन्स जीलाई दिनु पर्ने थियो । प्रतियोगिताको आयोजनाकाे जिम्मेवारी चार वर्ष अर्थात् २०२४ देखि २०२७ सम्मका लागि जीलाई सुम्पिएको छ ।
यद्यपि, ६ महिनापछि सेप्टेम्बरमा, स्टारले जीसँगको सम्झौता अन्त्य गरेकाे थियाे। कम्पनीले अन्य शुल्कहरू सहित अगस्त ३१ सम्ममा ९४० मिलियन डलरको क्षतिपूर्ति माग गरेको थियो। "हामीले योग्यताको आधारमा, स्टारका सबै आधारहीन दावीहरूको कडा विरोध गर्नेछौं र हाम्रा सबै अधिकारहरू सुरक्षित गर्नेछौं," जीले बुधबार भारतीय संचारमाध्यमसँग भनेका थिए। जीका अनुसार स्टारका कारण नै सम्झौता उल्लंघन गरेको र ६८ करोड ५० लाख डलर तिर्नुपर्छ । यस वर्षकाे जनवरीमा, जीले स्टारलाई तिर्न सक्ने अवस्थामा नरहेकाे भन्दै पहिलो भुक्तानी गरेकाे थिएन ।
एजेन्सी ।