यसकाे लागि पहिले, पैसा कहाँ खर्च भइरहेको छ थाहा पाउनुपर्छ । यसरी महत्त्वपूर्ण चीजहरू र अनावश्यक खर्चहरूबारे जनाकारी पाउन सकिन्छ। यससँगै पैसाकाे सदुपयोग गर्न सकिनेछ।
आम्दानी र खर्च व्यवस्थापन गर्न अनलाइन बचत खाता एक राम्रो उपाय हो। यस खाताबाट भित्रिने र बाहिरिने पैसाको अनुगमन गर्न सकिन्छ । यसमार्फत ब्याज पनि पाउन सकिनेछ।
कम्पनीहरूकाे ठूला अफरहरूमा नफस्ने
चाडपर्व सुरु हुँदैछ । यससँगै, उपभोक्ता इलेक्ट्रोनिक्स तथा सवारीसाधनका कम्पनीहरूले ठूला अफर ल्याउन थालेका छन्। तर, मार्जिन बिना कम्पनीले कुनै पनि उत्पादन बिक्री गर्दैन भन्ने थाहा हुन जरूरी छ।
चाडपर्वमा अनावश्यक क्रेडिट कार्डबाट खर्च नगर्ने
बचत गर्नका लागि चाडपर्वकाे समयमा अनावश्यक क्रेडिट कार्डकाे प्रयाेग गर्नु हुँदैन। क्रेडिट कार्डकाे पनि भुक्तानी तिर्नुपर्ने हुन्छ। भुक्तानी गर्दा ढिलाे भएमा भारी ब्याज तिर्न पर्न सक्छ। यस्तो अवस्थामा, चाडपर्वमा पनि अत्यावश्यक वस्तु मात्रै किन्नुपर्छ।
घरायसी खर्चमा नियन्त्रण राख्ने, सूची अनिवार्य बनाउने
नियमित घरायसी खर्चहरू सीमित गरेमा खर्च घटाउन सकिन्छ। यसका लागि खर्चको सूची तयार गर्नुपर्छ। के आवश्यक छ त्यसकाे जानकारी राख्नुपर्छ। हरेक महिना बजेट बनाउनुपर्छ। त्यसपछि, खर्च कम गर्ने प्रयास गर्न सकिनेछ। यसैगरी, परिवारका सदस्यहरूसँग नियमित खर्च सार्वजनिक गर्ने प्रयास गर्नुपर्छ। यो पैसा बचत गर्न एक राम्रो तरिका हो।
अहिले, किस्तामा सामान खरिद गर्ने प्रचलन छ । यो गलत त होइन तर यस्ता योजनाहरूको प्रलोभनमा पर्नु गलत हाे । अफर छ भन्दैमा सस्ता विकल्पहरू हुँदा हुँदै पनि महँगो वस्तुहरू किन्नु राम्रो निर्णय होइन। यसैगरी, खर्च बढाउने अर्काे कारण ब्याजदर हुन सक्छ। किस्तामा सामान लिनुअघि, यो सामाग्री खरिद गर्नु आवश्यक छ वा छैन भनेर बुझ्नुपर्छ।
लगानीमा बचत खोज्ने, उच्च प्रतिफलमा ध्यान दिने
यसका साथै, कमाउनका लागि लगानीका विकल्पहरू खोज्नुपर्छ जसले बचत पनि बढाउँछ। लगानी विविधिकरण वित्तीय योजना बनाउनको लागि राम्रो तरिका हो। यसकासाथै, केहि निश्चित आय दिनेमा र केहि इक्विटीमा लगानी गर्नुपर्छ ।
जोखिम उठाउने क्षमता, प्रतिफल, समय सीमा र लगानीका लक्ष्य लगायतका पक्षहरूमा पनि ध्यान दिनुपर्छ। उच्च प्रतिफल र जोखिम भएका सम्पत्तिहरूमा लगानी गर्नुपर्छ।
एजेन्सीकाे सहयाेगमा ।