दुई कम्पनी र चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 26, 2024 06:25 AM Merolagani



असोज १० गते, बिहीबार, दुई कम्पनी र चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लाभांश वितरण प्रयोजनार्थ एनएमबि फिफ्टी (NMB50), एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) ले भोली अर्थात असोज ११ गते बुकक्लोज गर्दैछन्।

त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली र साहस उर्जा असोज १३ गते, आइतबार बुकक्लोज गर्दैछ। यस अनुसार यी स्टकहरुको बुकक्लोज अघिको अन्तिम कारोबार दिन हो।

एनएमबि ५० ले इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका दरले र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ (NSIF2) ले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ (GIBF1) ले त आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ भने नबिल ब्यालेन्स्ड फण्ड २ ले करसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स (SRLI) ले असोज २३ गते, बुधबार, अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानश्वर, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १८.३८११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा गरिएको नियुक्ती अनुमोन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। इन्स्योरेन्सको बोनस प्राप्त गर्न शेयरधनीहरुले कर बापतको रकम जम्मा गर्नुपर्नेछ। कर रकम जम्मा भएपछि मात्र इन्स्योरेन्सको बोनस शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिने इन्स्योरेन्सले जनाएको छ।

त्यसैगरी, साहस उर्जा लिमिटेड (SAHAS) ले कात्तिक ४ गते, आइतबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा ४ आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापको तर्फबाट ४ जना तथा सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, परियोजनाको लागि लिइएको थप ऋण अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।