एसियाका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानीका दुई सन्तान पनि धनाढ्यकाे सूचीमा

Sep 27, 2024 05:32 PM Merolagani



एसियाका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी आफ्नो सम्पत्तिका कारण चर्चामा रहिरहन्छन् ।उनका परिवारका नाममा पनि समाचारका हेडलाइन बनिरहेकै हुन्छन्। साेहि क्रममा, भारतीय संचारमाध्यममा नयाँ खबरले स्थान बनाएकाे छ ।

खासगरी, बिहीबार ‘२०२४ हुरुन इन्डिया अन्डर-३५’ सार्वजनिक भएसँगै अम्बानी परिवारकाे चर्चा पुनः चुलिएकाे हाे । अब मुकेश अम्बानी मात्र नभएर उनका परिवारका सदस्य समेत धनाढ्यकाे सूचीमा भित्रिएका छन् । 

हुरुनकाे याे सूचीमा अम्बानीकी छाेरी ईशा अम्बानीकाे नाम पहिलाे स्थानमा छ । ईशालाई सबैभन्दा कान्छी महिला इंडिभिजुअल उद्यमीको रूपमा समावेश गरिएको छ। अर्कोतर्फ, मुकेश अम्बानीका जेठा छोरा आकाश अम्बानीलाई पनि यो सूचीमा राखिएको छ ।

इशा अम्बानी ३१ औं स्थानमा

बिहीबार हुरुनले अन्डर-३५को सूची सार्वजनिक गरेकाे थियाे । यसमा मुकेश अम्बानीकी छोरी इशा अम्बानी र टिचिङ एण्ड लर्निङ प्लेटफर्म टोडल्सकी परिता पारेखलाई सबैभन्दा कान्छी महिला इंडिभ्युजल उद्यमीको रूपमा समावेश गरिएको छ। 

हाल, ईशा अम्बानीले रिलायन्स रिटेलको व्यवसाय चलाइरहेकी छिन् । कम्पनीमा उनी नन एक्जिक्यूटिभ डाइरेक्टर रहेकी छिन्। ईशा अम्बानीको जन्म १९९१काे अक्टोबर २३ मा भएको थियो । अहिले, उनी ३२ वर्षकी भइन् । उनी हुरुनको सूचीमा ३१ औं स्थानमा परेकी छिन्।

आकाश अम्बानी पनि सूचीमा परे

इशा अम्बानीबाहेक उनका भाइ वा रिलायन्सका अध्यक्ष मुकेश अम्बानीका जेठा छोरा आकाश अम्बानी पनि हुरुनको नयाँ सूचीमा परेका छन् । शेयरच्याटका अंकुश सचदेवा र रिलायन्स जियोकाे जिम्मेवारी सम्हालिरहेका आकाश अम्बानी सबैभन्दा कम उमेरका इंडिभुजुअल आन्टरप्रेन्याेरका रूपमा स्थान बनाएका छन् । उनी याे सूचीकाे ३२ औं स्थानमा परेका छन् ।

सूचीमा छन् १५० उद्यमीहरू 

हुरुन इन्डियाको यो सूचीमा भारतका ३५ वर्षसम्मका व्यवसायिक व्यक्तित्वहरूलाई समावेश गरिएको छ। यसमा ८२ प्रतिशत उद्यमी सेल्फमेड छन् । यस्तै, यसमा एडटेक स्टार्टअप अलख पाण्डे, केशव रेड्डी, प्रणव अग्रवाल र सिद्धार्थ विजलगायत अन्य ठूला नामहरू पनि समावेश छन्। इशा अम्बानी र परिता पारेख बाहेक ममा अर्थका मालिक गजल अलघ पनि हुरुनको सूचीमा परेका छन् ।

हुरुनकाे सूचीमा कुन आधारमा परे?

सन् २०२४ को हुरुन इन्डिया अन्डर-३५ को सूचीमा सबैभन्दा बढी २९ सेलिब्रेटीहरू बेंगलाेरका छन् भने मुम्बई २९ नामका साथ दोस्रो स्थानमा छ।

यो सूची तयार गर्दा प्रयोग गरिएका मापदण्डहरू हेर्दा भारतका ३५ वर्ष वा सोभन्दा कम उमेरका १५० उद्यमीहरू समावेश भएका छन् । त्यस्तै, पहिलो पुस्ताको व्यवसायको मुल्यांकन ५० मिलियन डलर रहेको छ र नेक्स्ट जेनेरेशनका लागि व्यवसायको मूल्याङ्कन १० मिलियन डलर छ।

एजेन्सीकाे सहयाेगमा ।




comments powered by Disqus