बाढीका कारण माण्डु हाइड्रोपावरको विद्युत उत्पादन रोकियो

Sep 29, 2024 10:07 AM Merolagani



माण्डु हाइड्रोपावर (MANDU) ले सञ्चालन गरिरहेको आयोजनाबाट विद्युत उत्पादन रोकिएको छ।

#6# असोज ११ गते, शुक्रबारको दिनदेखि परेको अविरल भिषण वर्षाका कारणले बागमती खोलामा आएको बाढी तथा पहिरोले पावर हाउस तथा हेड वर्क्समा रहेको भौतिक संरचना लगायत उपकरणहरुमा क्षति पुगेको कम्पनीले बताएको छ। यसका साथै प्लान्ट सञ्चालन अवरुद्ध भइ काबुभन्दा बाहिरको स्थिति श्रृजना भइ विद्युत उत्पादन हुन नसकेको कम्पनीले नेप्सेलाई पठाएको पत्रमा उल्लेख छ।

सो सम्बन्धि पूर्ण क्षतिको विवरण भने आउन बाँकी रहेको कम्पनीले बताएको छ।

 



नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।