Thu, Sep 17, 2026
नेपाल धितोपत्र बोर्डले गरिमा क्यापिटल लिमिटेड र नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति(अन्डर राइटिङ)सेवाको लाइसेन्स उपलब्ध गराएको छ।
यस अघि उनीहरूसँग उक्त सेवा दिने अनुमति थिएन। अब उनीहरूले अन्डर राइटिङ सेवा समेत दिन सक्ने छन्। यसै गरी माछापुच्छ्रे क्यापिटललाई योजना व्यवस्थापक र डिपोजटरीको अनुमति दिइएको बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता डा.नवराज अधिकारीले बताए।
सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।