कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच सम्झौता

Sep 29, 2024 05:13 PM Merolagani



कुमारी बैंक लिमिटेड(KBL) र ट्रष्ट माइक्रो इन्स्योरेन्स लि.(TRUST)बीच ग्राहकहरुलाई सहज तवरले लघु बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

ट्रष्ट माइक्रो इन्स्योरेन्ससँगको सम्झौतामा अब कुमारी बैंकले आफ्ना ग्राहकहरुको घर, सवारी साधन, व्यवसाय साथै अन्य सम्पत्तीहरुको सरल तरिकाले लघु बिमा गराउन सक्नेछन् ।

लघु बीमा विशेष गरी न्यून आय भएका व्यक्तिहरुको आर्थिक सुरक्षाको लागि र अनिश्चित परिस्थितिहरुबाट जोगिनका लागि हो । लघु बीमाले ग्राहकहरुलाई आर्थिक घाटाको सामाना गर्न र कुनै कारणबस् भएको क्षतीलाई पूनः प्राप्ति गर्न मद्दत दिलाउने कम्पनीकाे भनाइ छ ।

नेपालका नागरिकलाई किफायती र सुलभ लघु बीमाका साथ सशक्त बनाउँदै, लचिलोपन निर्माण गर्दै र सबैका लागि वित्तीय सुरक्षातर्फको बाटो प्रज्वलित गर्दै, नेपालमा अग्रणी भुमिका खेल्दै गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले अघिल्लो सालबाट आफ्नो कारोबार सुरु गरेको हो । हाल यस इन्स्योरेन्सकाे ३१ वटा शाखा, उपशाखा तथा एक्सटेन्सन काउन्टरहरु रहेकाे छ ।

त्यसैगरि, विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।