कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच सम्झौता

Sep 29, 2024 05:13 PM Merolagani



कुमारी बैंक लिमिटेड(KBL) र ट्रष्ट माइक्रो इन्स्योरेन्स लि.(TRUST)बीच ग्राहकहरुलाई सहज तवरले लघु बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

ट्रष्ट माइक्रो इन्स्योरेन्ससँगको सम्झौतामा अब कुमारी बैंकले आफ्ना ग्राहकहरुको घर, सवारी साधन, व्यवसाय साथै अन्य सम्पत्तीहरुको सरल तरिकाले लघु बिमा गराउन सक्नेछन् ।

लघु बीमा विशेष गरी न्यून आय भएका व्यक्तिहरुको आर्थिक सुरक्षाको लागि र अनिश्चित परिस्थितिहरुबाट जोगिनका लागि हो । लघु बीमाले ग्राहकहरुलाई आर्थिक घाटाको सामाना गर्न र कुनै कारणबस् भएको क्षतीलाई पूनः प्राप्ति गर्न मद्दत दिलाउने कम्पनीकाे भनाइ छ ।

नेपालका नागरिकलाई किफायती र सुलभ लघु बीमाका साथ सशक्त बनाउँदै, लचिलोपन निर्माण गर्दै र सबैका लागि वित्तीय सुरक्षातर्फको बाटो प्रज्वलित गर्दै, नेपालमा अग्रणी भुमिका खेल्दै गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले अघिल्लो सालबाट आफ्नो कारोबार सुरु गरेको हो । हाल यस इन्स्योरेन्सकाे ३१ वटा शाखा, उपशाखा तथा एक्सटेन्सन काउन्टरहरु रहेकाे छ ।

त्यसैगरि, विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।