बाढी पहिरोको वितण्डापछि बीमा कम्पनीहरु तनावमा, दबाब थेग्न सक्लान् ?

Oct 01, 2024 03:14 PM mero lagani



शुक्रबार र शनिबार आएको भिषण बाढी पहिरोमा पुगेको धनजनको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरु चर्काे दबाबमा परेका छन् । 

निर्जीवन बीमा कम्पनीहरुमा बीमा बीमितहरुले बीमा रकम दावी गर्ने क्रम बढेसंगै कम्पनीहरु दबाबमा परेका हुन् ।

नेपाल बीमा प्राधिकरण स्रोतका अनुसार बाढी पहिरोले पारेको क्षतिपछि बीमा रकम दावी माग गर्ने क्रम शुरु भएको छ । बाढी पहिरोबाट क्षति पुगेका २० वटा जलविद्युत कम्पनीहरुको तर्फबाट कम्पनीहरुमा बीमा दावी परिसकेको छ । स्रोतका अनुसार जलविद्युत कम्पनीहरुको तर्फबाट मात्र ४ अर्वभन्दा बढीको बीमा रकम दावी भएको छ ।

त्यस्तै यसपटक बाढी पहिरोको कारण घर तथा सम्पत्तिमा भएको क्षतिको दावी पनि उल्लेख्य मात्रामा पर्न थालेको छ । प्राधिकरणका एक अधिकारीका अनुसार बीमा कम्पनीहरुले पहिलो पटक निकै ठूलो मात्रामा घरजग्गा नोक्सानीको लागि रकम तिर्नु पर्ने अवस्था आएको छ । ‘विगतमा घर, जग्गा नोक्सानीको प्रेसर भूकम्पको बेलामा परेको थियो, अरु वर्ष खासै प्रेसर थिएन । यसपटक भने बाढीका कारण भएको क्षतिले पनि दबाब सृजना गरेको छ’ ती अधिकारीले भने ।

सम्पत्ति बीमा अन्तर्गत गोदाममा स्टक गरेर राखिएको मालबस्तुको बीमा दावी सबैभन्दा धेरै पर्न थालेको बीमा कम्पनीहरुको भनाई छ । पानी परेका कारण गोदाममा राखिएका बस्तुहरु पानीले डुबाउने, सड्ने र बिग्रने समस्याहरुको बीमा दावी पर्न शुरु गरेको छ ।

संख्यात्मक हिसाबले बाढी पहिरोमा परेका सवारी साधनको बीमा दावी धेरै परेको छ । अहिले नै सयौंको संख्यामा बीमा दावी परिसकेको र केही दिनभित्र त्यो निकै ठूलो संख्यामा पर्न सक्ने देखिएको बताइएको छ । किनकी बाढी पहिरोको कारण देशभर निकै धेरै सवारी साधनको नोक्सानी भएकोले त्यसको बीमा दावी पर्ने निश्चित छ ।

बीमा प्राधिकरणले बाढी पहिरोमा परेका बीमितहरुलाई आफूले बीमा गरेको सम्बन्धित कम्पनीमा सिधै फोन, इमेल वा कुनै पनि शाखा कार्यालयमा गएर बीमा दावी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

 




comments powered by Disqus

ब्रोकर भन्छन-'सबैको माग पुरा भयो, अब बजार बढ्छ', कारोबार रकम घट्नुको कारण भने यस्तो

Sep 30, 2024 06:11 PM

सुवास निरौला

सोमबार शेयर बजारको कारोबार मापक सूचक फराकिलो अंकले बढेपछि दोस्रो बजारमा पुनः शेयर बजार बढ्ने अनुमान आउन थालेका छन्। दोस्रो बजारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका ब्रोकर कम्पनीहरूले बजार बढ्ने प्रक्षेपण गर्न थालेका छन्।