घट्यो पेट्रोलियम पदार्थको मूल्य

Sep 30, 2024 09:03 PM Merolagani



भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै आयल निगमले मूल्य घटाएको छ। 

निगमले भोलिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा २ रुपैयाँ, आन्तरिक हवाई ईन्धन प्रति लिटर ६ रुपैयाँले घटाएको हो। त्यसैगरी अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलोलिटर ४५ डलरले घटेको छ। अब पेट्रोलको नयाँ मूल्य १५८ रुपैयाँ, डिजेल तथा मट्टितेलको नयाँ मूल्य १४७ रुपैयाँ, आन्तरिक हवाई ईन्धन १२६ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौंको हकमा प्रति किलोलिटर ९६० डलर तथा पोखरा र भैरहवाको हकमा ८६० डलर कायम भएको छ।

एलपीजी ग्याँसमा प्रति सिलिन्डर २६९।८० रुपैयाँले घाटा भए पनि पुरानो विक्री मूल्यलाई नै यथावत राखिएको छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।