अर्बौ रुपैयाँ बक्यौता भुक्तानी माग्दै निर्माण व्यवसायीले अर्थमन्त्रीलाई भेट्दै

Oct 02, 2024 11:34 AM Merolagani



अर्बौँ रुपैयाँ बक्यौता भुक्तानी माग्दै निर्माण व्यवसायीले अर्थमन्त्रीलाई भेट्दै छन् ।

दशैंकाे पूर्वसन्धामा पनि सरकारले आफूहरूलाई दशौँ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी भएको भन्दै निर्माण व्यवसायीहरू अर्थ मन्त्रालय पुग्दैछन् ।  आज साढे १२ बजे अर्थमन्त्री विष्णु पाैडेललाई निर्माण व्यवसायी महासंघका प्रतिनिधीहरुले भेट्ने कार्यक्रम छ ।

उनीहरूले बक्याैताकाे रकम भुक्तानी दिन अर्थमन्त्रीसँग अनुरोध गर्ने भएका छन् । अर्थ मन्त्रालयका अधिकारीहरू बजेटमा नै स्रोत सुनिश्चितता भएका र विधिसम्मतबाहेक अन्य भुक्तानी अहिले गर्न नसकिने बताइरहेका छन्।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।