सिड इनर्जीले बोलायो साधारणसभा, स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने

Oct 02, 2024 12:24 PM Merolagani



सिड इनजी लिमिटेडले कम्पनीको तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले २०८१ कात्तिक ९ गते दिउसो २ बजे कम्पनीको रजिष्ट्रार कार्यलय जावलाखेलमा सभा बोलाएको हो।

साधारण सभामा कम्पनीले सार्वजनिक निष्काशन गर्ने प्रस्तावलाई निरन्तरता दिने भएको छ भने स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव लैजाने भएको छ।

यस्तै सभामा लेखापरिक्षण प्रतिवेदन पारित गर्ने, वार्षिक प्रतिवेदन पारित गर्ने र गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाहको विवरण पारित गर्ने प्रस्ताव लैजाने भएको छ।




comments powered by Disqus