बुधबार नेप्से सूचक २६ अंकले घटेर २५९७ विन्दुमा झरेको छ। नेप्से घट्दा कारोबार रकम भने अझै घटेको छ। बुधबार ६ अर्ब ७७ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यद्यपि बजार घट्दा कारोबार रकम घट्नुलाई सकारात्मक रुपमा लिनुपर्ने लगानीकर्ताहरु बताउछन्।
पछिल्लो समय निरन्तर घट्दो क्रममा रहेको शेयर बजारमा अब घट्ने क्रम भने सकिएको अनुमान लगानीकर्ताको छ। अहिलेको बढाइमा पनि न्युन पूँजी भएका कम्पनीहरुको शेयरमूल्य नै उच्चदरमा बढीरहेको छ। यद्यपि सूचीकृत कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय नजिकिँदै गरेको अवस्थामा लगानीकर्ताले वित्तीय रुपमा मजबुत कम्पनीहरुमा लगानी गर्दा राम्रो प्रतिफल पाउने अवस्था रहन सक्ने लगानीकर्ताहरु बताउछन्।