सातामा करिब साढे ४ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Oct 05, 2024 06:39 AM Merolagani



यस साता नेप्से परिसूचक करिब साढे ४ प्रतिशत बढेर बन्द भएको छ। गत साता २४८६.७६ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.४५ प्रतिशत अर्थात ११०.७३ अंक बढेर २५९७.४९ विन्दुमा पुगेको छ।

यस साता चार कारोबार दिनका लागि खुलेको बजारमा दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो। यस साता सोमबार र मंगलबार नेप्से बढेको थियो भने आइतबार र बुधबार नेप्से घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ४.३० प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ४.४१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७२ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ५ अर्ब २२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ५४ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ६.१४ प्रतिशत बढी हो। यस साता दैनिक औषत शेयर संख्या भने २.६५ प्रतिशत र दैनिक औषत कारोबार संख्या ०.२० प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे ४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३९ खर्ब ५४ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता १ खर्ब ७६ अर्ब रुपैयाँ बढेर ४१ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १४.१३ प्रतिशत बढेको छ। गत साता २७६५.२४ विन्दुमा रहेको वित्त उपसमूहको परिसूचक, यस साता ३९०.७६ अंक बढेर ३१५६.०० विन्दमा पुगेको छ। यस साता अंकका आधारमा भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६३७.३४ अंक बढेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६३ प्रतिशत घटेको छ।

यस साता नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १२ लाख ८२ हजार १०८.५४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

यस साता इष्टर्न हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक २४.२५ प्रतिशत बढेको छ। गत साता ७३० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ९०९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता गुडविल फाइनान्सको शेयरमूल्य २२.३२ प्रतिशत बढेको छ भने कुमारी सबल योजनाको इकाईमूल्य साढे २१ प्रतिशत बढेको छ। यस साता प्रभु सेलेक्ट फण्डको इकाईमूल्य सर्वाधिक ११.८६ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता महुली लघुवित्त वित्तीय संस्था, बोटलर्स नेपाल (बालाजु), थ्रिस्टार हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाई स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने चन्द्रागिरी हिल्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, विन नेपाल लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।