बीमा प्राधिकरणमा मन्त्रालयको सचिव सरहका दुई उप कार्यकारी निर्देशकको दरवन्दी सिर्जना

Oct 04, 2024 05:09 PM mero lagani



नेपाल बीमा प्राधिकरणमा पहिलो पटक उप कार्यकारी निर्देशक पदको सृजना गरिएको छ । सञ्चालक समितिको बुधबारको बैठकले मन्त्रालयका सचिव सरहको बिशिष्ट श्रेणी तहका दुई जना उप कार्यकारी निर्देशक पद सिर्जना गर्ने निर्णय गरेको हो । 

प्राधिकरणमा हाल एक मात्रै विशिष्ट श्रेणीको पद कार्यकारी निर्देशक रहेकोमा अब तीन जना बिशिष्ट श्रेणीका कर्मचारी रहने भएका छन् । उनीहरुको पदावधि पनि सचिव सरह ५ वर्ष नै हुनेछ ।

अर्थमन्त्री विष्णु पौडेल नियुक्त भएपछि अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व प्राधिकरणको संचालक समितिमा प्रतिनिधित्व गरिरहेका सञ्चालक मदन दाहालसमेतको उपस्थितिमा भएको बैठकले सर्व सम्मत निर्णय गरेकोले उक्त निर्णयप्रति मन्त्रालको समेत सहमती रहेको मानिएको छ ।

यद्धपी उक्त निर्णयलाई अर्थमन्त्रालयले औपचारिकरुपमा सहमति दिएपछि बल्ल कार्यान्वयन प्रकृया शुरु हुनेछ ।

सञ्चालक समितिको बैठकले ओएनएम सर्भे प्रतिवेदन पारित गरी अर्थमन्त्रालयमा पेश गर्ने निर्णय गरेको छ ।

 

 




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।