बीमा प्राधिकरणमा मन्त्रालयको सचिव सरहका दुई उप कार्यकारी निर्देशकको दरवन्दी सिर्जना

Oct 04, 2024 05:09 PM mero lagani



नेपाल बीमा प्राधिकरणमा पहिलो पटक उप कार्यकारी निर्देशक पदको सृजना गरिएको छ । सञ्चालक समितिको बुधबारको बैठकले मन्त्रालयका सचिव सरहको बिशिष्ट श्रेणी तहका दुई जना उप कार्यकारी निर्देशक पद सिर्जना गर्ने निर्णय गरेको हो । 

प्राधिकरणमा हाल एक मात्रै विशिष्ट श्रेणीको पद कार्यकारी निर्देशक रहेकोमा अब तीन जना बिशिष्ट श्रेणीका कर्मचारी रहने भएका छन् । उनीहरुको पदावधि पनि सचिव सरह ५ वर्ष नै हुनेछ ।

अर्थमन्त्री विष्णु पौडेल नियुक्त भएपछि अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व प्राधिकरणको संचालक समितिमा प्रतिनिधित्व गरिरहेका सञ्चालक मदन दाहालसमेतको उपस्थितिमा भएको बैठकले सर्व सम्मत निर्णय गरेकोले उक्त निर्णयप्रति मन्त्रालको समेत सहमती रहेको मानिएको छ ।

यद्धपी उक्त निर्णयलाई अर्थमन्त्रालयले औपचारिकरुपमा सहमति दिएपछि बल्ल कार्यान्वयन प्रकृया शुरु हुनेछ ।

सञ्चालक समितिको बैठकले ओएनएम सर्भे प्रतिवेदन पारित गरी अर्थमन्त्रालयमा पेश गर्ने निर्णय गरेको छ ।

 

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।