सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, कति रहेकाे छ मूल्य ?

Oct 09, 2024 11:37 AM Merolagani



सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले दुईवटा शक्तिशाली फिचर्सका साथ ग्यालेक्सी ए १६ ५ जी लञ्च गरेकाे हाे । कम्पनीले हाल यसलाई युरोपमा सार्वजनिक गरेको छ । याे ए १५ ५ जी(A15 5G) को सक्सेसर हो। 

अघिल्लो संस्करणको तुलनामा कम्पनीले यसमा ठूलो स्क्रिन, ब्याट्री र अन्य सुविधाहरू दिएको छ ।

ग्यालेक्सी ए १६ ५ जीमा, तपाईंले ६ देखि ७ इंचकाे डिस्प्ले पाउनुहुनेछ। याे ९० Hz रिफ्रेस रेट समर्थनको साथ आउँछ। यसमा एक्सीनाेस १३३० (Exynos 1330) प्रोसेसर दिइएकाे छ। फोनमा ट्रिपल रियर क्यामेरा सेटअप पनि उपलब्ध रहेकाे छ।

के छन् विशेषताहरू ?

सामसङ ग्यालेक्सी ए १६ ५ जीमा ६.७ इंचकाे एफएचडी+ सुपर एमाेलेड(FHD+AMOLED) डिस्प्ले छ। यसमा ९० Hz रिफ्रेस रेट सपोर्टको साथ आउँछ। यसमा Exynos 1330 प्रोसेसर छ। ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको यो स्मार्टफोनलाई माइक्रो एसडी कार्डको सहायताले १.५ टिबीसम्म विस्तार गर्न सकिन्छ।

ह्यान्डसेटले एन्ड्रोइड १४ मा आधारित वन यूआइ ६ मा काम गर्छ। यसमा ५० एमपी मुख्य लेन्सकासाथ ट्रिपल रियर क्यामरा सेटअप छ। यसमा ५ एमपी अल्ट्रा वाइड एंगल र २ एमपी म्याक्रो लेन्स छ। फ्रन्टमा कम्पनीले १३ एमपी सेल्फी क्यामेरा दिएको छ ।

स्मार्टफोनको सुरक्षाका लागि साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर दिइएको छ । यो फोनमा आइपी५४(IP54) रेटिङ उपलब्ध छ। यसमा फाइभ जी(5G) सपाेर्ट पाउन सकिनेछ । ह्यान्डसेटलाई पावर दिन ५००० एमएएच ब्याट्री प्रदान गरिएको छ जसले २५ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्छ।

मुल्य कति छ ?

सामसङ ग्यालेक्सी ए १६ ५ जी तीन रंगकाे विकल्पकासाथ लन्च गरिएको छ। यसको ४ जीबी -याम+ १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २४९ यूरो (करिब ३७ हजार रूपैयाँ) छ। कम्पनीले अहिलेसम्म यो फोन नेपालमा भने लन्च गरेको छैन ।




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।