यस्तो हुन सक्छ दशैँ पछिको शेयरबजार

Oct 09, 2024 05:00 PM Merolagani



दशैँअघिको अन्तिम कारोबार दिन नेप्से सूचक ४.८५ अंकले बढेर २६६८.१७ विन्दुमा बन्द भएको छ। फेस्टिभ मुडले गर्दा कारोबार रकम भने ३ अर्ब ७६ करोड रुपैयाँमा खुम्चिएको छ।

दशैपछि खुल्ने बजार पनि केहि सुस्त नै रहन सक्ने आँकलन लगानीकर्ताको छ। धेरै लगानीकर्ताहंरु फेस्टिभ मुडमा नै रहने भएकोले पनि बजारमा ठूलो उतारचढाव नदेखिने आँकलन गरिएको छ।

यद्यपि दशैँपछि बैंकहरुले निर्धारण गर्ने ब्याजदर र सूचीकृत कम्पनीहरुको पहिलो त्रैमासिक वित्तीय विवरणले बजार केही प्रभावित हुनसक्छ। यी कुराहरुले बजारमा सकारात्मक प्रभाव नै पार्ने लगानीकर्ताहरु बताउँछन्।

दशैँ र तिहारको विचमा बजार घटेपनि त्यो लगानीकर्ताहरुको लागि शेयर खरिद गर्ने राम्रो मौका हुनसक्ने आँकलन गरिएको छ।




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।