गत साता करिब ३ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Oct 20, 2024 06:18 AM Merolagani



गत साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २६६८.१७ विन्दुमा बन्द भएको नेप्से, गत साता २.८९ प्रतिशत अर्थात ७७.१९ अंक बढेर २७४५.३६ विन्दुमा पुगेको छ।

गत साता तीन कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये तीनै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।

 

प्रतिरोध परीक्षणमा

गत साता नेप्से परिसूचकले प्रतिरोध क्षेत्र परीक्षण गरेको छ। साताको अन्तिम कारोबार दिन नेप्सेले २७६० देखि २८१० को प्रतिरोध क्षेत्र परीक्षण गरेको हो। आगामी साता सो प्रतिरोध क्षेत्रलाई तोडेर उकालो लागेमा नेप्सेले २९५० देखि ३०५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरी तल झरेमा भने नेप्सेले २४४० देखि २५३० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बियरिश रिभर्सल संकेत

साताको अन्तिम कारोबार दिन नेप्सेले ग्रेभस्टोन डोजी मैनबत्ती बनाएको छ। यो एक बियरिश रिभर्सल संकेत दिने मैनबत्ती हो। यसले आगामी दिनमा बजार घट्ने संकेत गर्दछ।

कमजोर भोल्यूम

नेप्से बढेपनि गत साता भोल्यूम भने कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब ८६ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ९.३८ प्रतिशत कम हो।

बुलिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बुलिश प्रवृत्तिमा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ र यी दुई बीचको दूरी पनि फराकिलो रहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।