नयाँ बजाज पल्सर एन१२५ भारतमा सार्वजनिक, यति छ मूल्य

Oct 22, 2024 02:09 PM Merolagani



नयाँ बजाज पल्सर एन१२५ भारतीय बजारमा सार्वजनिक गरिएकाे छ । कम्पनीले यो बाइक दुई भेरियन्टमा उपलब्ध गराएकाे छ ।

यो पूर्णतया नयाँ मोटरसाइकल हो।  यसको अर्थ इन्जिनदेखि डिजाइन र चेसिससम्म याे बाइकमा सबै नयाँ छन् । बजाज पल्सर एन १२५को लागि बुकिङ भारतमा सुरु भइसकेको छ र डेलिभरी चाँडै सुरु हुने कम्पनीले जनाएकाे छ। 

याे बाइककाे मूल्य ९४ हजार ७०७ भारतीय रुपैयाँ (एक्स-शोरुम, दिल्ली)मा ताेकिएको छ। यसमा टप भेरियन्टको मूल्य ४ हजार भारूले बढी छ ।

इन्जिन पावर र गियरबक्स

बजाजले पल्सर एन १२५ मा पूर्णतया नयाँ इन्जिन जडान गरेको छ । यो १२४.५८ सीसी, एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिनले ८,५०० आरपीएममा १२ बीएचपी पावर र ६,००० आरपीएममा ११ एनएमकाे टर्क जेनेरेट गर्छ। यसलाई पाँच-स्पीड गियरबक्ससँग जोडिएको छ।

लुक र डिजाइन

लुक र डिजाइनको कुरा गर्दा, यस बाइकको स्टाइल अघिल्लो बजाज पल्सरभन्दा फरक छ । नयाँ बजाज पल्सर एन१२५मा आक्रामक डिजाइन छ। जसमा माथि डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलसँगै त्रिकोणीय एलईडी हेडल्याम्प, ट्याङ्क एक्सटेन्सन र  भएको २-पीस सिट समावेश छन्। यसमा शार्प लाइन्स र कैयाैं फ्लोटिंग प्यानलहरू छन्। यस बाइककाे अगाडि भागमा धेरै हदसम्म भिजुअल अपील छ, तर टेल सेक्सन अगाडि भन्दा अलि पातलो छ।

फीचर्स

बजाजले यो बाइकलाई एलईडी डिस्क र एलईडी डिस्क बीटी गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । बेस भेरियन्टमा साँघुरो रियर टायर, सानो एलसीडी र परम्परागत सेल्फ स्टार्टर छ। टप स्पेस बाइकमा बोल्ड कलर, ब्लुटुथ कनेक्टिभिटी भएको ठूलो एलसीडी, फराकिलो रियर टायर र साइलेन्ट स्टार्टका लागि इंटिग्रेटेड स्टार्टर जेनेरेटर वा आईएसजी छ। यसमा सकेसम्म धेरै इन्धन बचत गर्न स्विच गर्न मिल्ने अटो स्टार्टरस्टपकाे सुविधा पनि पाउन सकिनेछ।

ब्रेकिङ र सस्पेन्सन

शार्प बडीवर्कको मुनि नयाँ फ्रेम छ जसले इन्जिनलाई स्ट्रेस्ड मेम्बरका रूपमा प्रयोग गर्दछ। यसलाई टेलिस्कोपिक फोर्क र प्रिलोड एडजस्टेबल मोनोशकद्वारा सस्पेन्ड गरिएको छ। यो बाइक १७ इन्चको पाङ्ग्रामा चल्ने कम्पनीकाे भनाइ छ । यसैगरी, ब्रेकिङको लागि अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक उपलब्ध छ।  

भारतीय बजारमा यसको सेग्मेन्टमा, बजाज पल्सर एन१२५ बाइकले टिभिएस राइडर १२५ र हिरो एक्स्ट्रिम १२५आर र अन्य धेरै मोटरसाइकलहरूसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएकाे छ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।