अपि पावरको विद्युत बिक्री आम्दानी बढ्यो, नाफा कति?

Oct 27, 2024 09:31 AM Merolagani



अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ४७ करोड ५२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१.६५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ करोड १६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेपछि कम्पनी नाफामा पुगेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा ४० लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ९६.४९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५८.३६ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी १२ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६५ पैसा रहेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।