१०१ गभर्नरहरूको रिपोर्ट कार्ड सार्वजनिक, महाप्रसाद अधिकारीले पाए ‘C+’ कस कसले पाए ग्रेड ‘A+’

Oct 28, 2024 12:21 PM merolagani



अमेरिकाको ग्लोबल फाइनान्स म्यागेजिनले सन् २०२४को लागि १०१ देशहरूको रिपोर्ट कार्ड सार्वजनिक गरेको छ।

जसमा तीन देशका गभर्नरले समान ‘A+’ ग्रेड पाएका छन्। जसमा डेनमार्क केन्द्रीय बैंक गभर्नर क्रिष्टियान केटेल थोमसन, भारतीय केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दास र स्विजरल्याण्ड केन्द्रीय बैंक गभर्नर थोमस जोर्डन छन्। उनीहरूलाई  मुद्रा स्फीति नियन्त्रण, आर्थिक विकास लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलता हासिल गर्न सफल भएको कारण ‘A+’ ग्रेड दिइएको म्यागेजिनले जनाएको छ।

सबैभन्दा राम्रो प्रदर्शन गरेकोमा तीन बैंकले ग्रेड ‘A+’ पाउँदै गर्दा दुई देशले भने सबैभन्दा खराब ग्रेड प्राप्त गरेका छन्। उनीहरूले ग्रेड ‘F’ पाएका हुन्। ग्रेड ‘F’ पाउनेमा म्यानमार र भेनेजुएलाका गभर्नर परेका छन्।

नेपालका गभर्नरले भने ‘C+’ प्राप्त गरेका छन्। मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको दबाब कम गर्न नेपाल राष्ट्र बैंकले गत वर्ष मौद्रिक नीतिमा कडाइ गरेको थियो। उसले नीतिगत दर बढायो र कोभिड-१९ महामारीको समयमा अत्यधिक ऋण दिएका बैंकहरुलाई ऋण बिस्तारमा रोक लगायो। जसका कारण ऋण बिस्तार घट्यो। ऋण बिस्तार असाध्यै थोरै हुनु र समग्र मागमा कमी आउनुका कारण आर्थिक ग्रोथ समेत घटेको कारण अधिकारीलाई ग्रेड ‘C+’ दिइएको म्यागेजिनले जनाएको छ।  

ग्लोबल फाइनान्स म्यागेजिनका अनुसार उनीहरूले प्रदान गर्ने ग्रेड मुद्रा स्फीति नियन्त्रण, आर्थिक विकास लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलता हासिल गर्नेहरूलाई ‘A+ देखि ‘F’ सम्मको ग्रेड प्रदान गर्ने गरिन्छ। ‘A+ ग्रेडलाई सबैभन्दा उत्कृष्ट प्रदर्शन र ‘F’ त्यस्तो गभर्नरलाई दिइन्छ,जो पूर्ण रुपमा असफल हुन्छन्।

म्यागेजिनका अनुसार ग्लोबल फाइनान्सको वार्षिक सेन्ट्रल बैंक रिपोर्ट कार्ड ती बैंक गभर्नरलाई सम्मान दिइन्छ जसका रणनीतिले मौलिकता, रचनात्मकता र दृढताका माध्यमबाट आफ्ना समकक्षी बैंक भन्दा राम्रो प्रदर्शन गरेका हुन्छन्।

सेन्ट्रल बैंकर रिपोर्ट कार्ड सन् १९९४ देखि अमेरिकाको ग्लोबल फाइनान्स म्यागेजिनमा हरेक वर्ष प्रकाशित गरिन्छ। यसमा १०१ देश, क्षेत्र र जिल्लाका केन्द्रीय बैंक गभर्नरलाई ग्रेड दिने गरिन्छ। यसमा युरोपीय सङ्घ, पूर्वी क्यारेबियन केन्द्रीय बैंक, केन्द्रीय अफ्रिकी राज्यका बैंक र सेन्ट्रल बैंक अफ अफ्रिकन स्टेटका बैंकहरुलाई सामेल गर्ने गरिन्छ।




comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।