तिहारअघि नै शेयर बजारमा देखियो सकारात्मक माहोल, नेप्सेसँगै बढ्यो कारोबार

Oct 29, 2024 03:28 PM Merolagani



तिहार नजिकिदै गर्दा शेयर बजारमा सकारात्मक माहोल देखिएको छ। मंगलबार नेप्से सूचकसँगै कारोबार रकम पनि बढ्दा लगानीकर्ताहरु उत्साहित देखिएका छन्।

मंगलबार नेप्से सूचक ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा पुगेको छ। यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० रुपैयाँ बराबरको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर कारोबार भएको छ।

मंगलबार कारोबारमा आएका सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ जसमा निर्जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै ३.६० प्रतिशतले बढेको छ भने होटल उपसमूहको सूचक २.७७ प्रतिशतले बढेको छ।

यस दिन समृद्धि फाइनान्सका सबैभन्दा धेरै २४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २१२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्स्योरेन्स, कुथली बुखरी हाइड्राेपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशत र समाज लघुवित्तको ९.१८ प्रतिशतले बढेको छ।

यता सेन्ट्रल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १.८८ प्रतिशतले घटेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको १.५७ प्रतिशत र गुडविल फाइनान्सको १.२३ प्रतिशतले घटेको छ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।