तिहारअघि नै शेयर बजारमा देखियो सकारात्मक माहोल, नेप्सेसँगै बढ्यो कारोबार

Oct 29, 2024 03:28 PM Merolagani



तिहार नजिकिदै गर्दा शेयर बजारमा सकारात्मक माहोल देखिएको छ। मंगलबार नेप्से सूचकसँगै कारोबार रकम पनि बढ्दा लगानीकर्ताहरु उत्साहित देखिएका छन्।

मंगलबार नेप्से सूचक ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा पुगेको छ। यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० रुपैयाँ बराबरको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर कारोबार भएको छ।

मंगलबार कारोबारमा आएका सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ जसमा निर्जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै ३.६० प्रतिशतले बढेको छ भने होटल उपसमूहको सूचक २.७७ प्रतिशतले बढेको छ।

यस दिन समृद्धि फाइनान्सका सबैभन्दा धेरै २४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २१२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्स्योरेन्स, कुथली बुखरी हाइड्राेपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशत र समाज लघुवित्तको ९.१८ प्रतिशतले बढेको छ।

यता सेन्ट्रल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १.८८ प्रतिशतले घटेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको १.५७ प्रतिशत र गुडविल फाइनान्सको १.२३ प्रतिशतले घटेको छ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।