तिहारकाे परिकार सेलरोटी, महँगो मूल्यमा खरिद गर्नु भन्दा आफैले बनाउने कि ? यस्ताे छ तरिका

Oct 31, 2024 06:36 AM Merolagani



नेपाली हिन्दू धर्मावलम्वीहरुको दाेस्रो ठूलो चाड तिहार हाम्रो घर आगनमा भित्री सकेको छ । तिहारलाई झिलिमिली बत्ती र गुलिया मिष्ठानका परिकारहरुकाे पर्व भनेर पनि चिनिने गरेको छ ।

तिहारमा सेलरोटीको महत्व हुन्छ । विशेषगरी लक्ष्मीलाई चढाउन र भाइ टिका लगाएर सेलराेटी दिने गरिन्छ । तिहारमा हरेक घरमा सेलरोटी पकाउने गरिन्छ ।

तिहारको लागि सेलरोटी नभइ नहुने परिकारमा पर्दछ। त्यसैले पनि तिहारको विशेष परिकार सेलरोटी पर्छ र सबैको घरमा सेलरोटी पाकेको हुन्छ । कतिपयलाई तिहारमा सेल रोटी बनाउन नआएर अरु कसैलाई बनाउन पठाउने तथा महँगो मूल्यमा खरिद गर्न बाध्य हुनु परेको हुन्छ ।

सेलरोटी बनाउन आवश्यक सामाग्रीः

राम्रो र मिठो सेलरोटी बनाउनको लागि सामाग्रीको महत्वपूर्ण भुमिका रहेको हुन्छ । सेलरोटी बनाउने सामाग्रीको सहि मात्रमा प्रयोग नभएमा रोटी राम्रो नबन्न सक्ने छ ।

चामलको पिठो, खाना पकाउने तेल, घ्यु, चिनी, अंलैची, ल्वाङ्ग, कराई वा ताई, रोटी झिक्न चलाउनको लागि बाँसको सिन्का, सेलरोटी, पाकेको रोटी झिकेर राख्ने भाडो सहित पर्याप्त आगो पुग्ने चुलो आवश्यक पर्ने छ ।

सेलरोटी बनाउने बिधीः

सेलरोटी बनाउनलाई आवश्यकता अनुसारको चामलको पिठो तयार गर्ने । पिठो हामीले घरमै बनाउन पनि सकिन्छ भने बजारमा पनि किन्न सकिन्छ ।

सेलरोटी पकाउनको लागि पिठो तयार पार्दा विभिन्न कुरामा ध्यान पुर्याउन पर्ने हुन्छ । हामी यहा उदाहरणको लागि दुई किलो चामलको पिठोमा आवश्यक सामाग्रीको कुरा गरेका छौं । उक्त चामलको पिठो तयारी गर्दा दाउन पुर्याउनु पर्ने कुरामा सेलरोटी बनाउनेले विशेष ध्यान दिनु पर्ने हुन्छ । सुरुमा घ्यु पिठो राम्रो पेष्ट तथा लेसिलो हुने गरी मिच्ने । विस्तारै थोरै थोरै पानी राख्दै चिनी माथि उल्लेख गरेका सामाग्रीको मिश्रण गरी राम्रोसँग फाडनु पर्ने हुन्छ ।

केही समय चामलको पिठो फाडे पछि केही घण्टाको लागि छाड्ने । केही समय पछि चर्को आगोमा कराईमा तेल राम्रोसँग तताउने । उक्त तातो तेलमा विस्तारै हातले गोलो हुनेगरी विस्तारै मुछेको पिठो कराईमा राख्ने ।

सेलरोटी बनाउनेले आफ्नो हातले नसकेमा हिजो आज बजारमा सेलरोटी मेकर आएको छ । त्यसको सहायताले पनि गोलो हुने बनाउन सकिन्छ । त्यसपछि सेलरोटी राम्रोसँग पाक्नको लागि दुबैपट्टी बासको सिन्काको सहायताले फर्काएर सेलरोटी रातो रातो नहुने समयसम्म पकाउनु पर्ने हुन्छ । यसरी पाकेको मिठो सेलरोटी खाएर रमाइलो गरी तिहार मनाउन सकिन्छ ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।