यो कम्पनीकाे शेयर छानीछानी किन्ने समय हो

Nov 04, 2024 12:08 PM Merolagani



बजारले एउटा उचाई बनाएर करेक्सन भयो । झण्डै २० प्रतिशतसम्मको करेक्सन पछि बजार फर्कनको लागि तयार छ । याे अवधिमा चाडपर्वको समय पनि भएको कारण बजार उठ्नको लागि समय लगाएको बुझाई छ ।

सामान्यतया नेपाली बजारमा राजनीतिक र नीतिगत प्रभाव परेकै कारण उतार चढाव हुने गरेको पाईन्छ । सरकारको बजारसँग सम्बन्धित नीतिमा अस्थिरता भएकै कारण बजार प्रभावित भएको वरिष्ठ सञ्चारकर्मी डिल्ली बसेलको बुझाई छ । तीनै बसेलसँग सुधा देवकोटाले गरेको कुराकानीः

चाडपर्वको अन्तरालमा बजार बढ्नकै लागि आधार बनाएको भनिन्छ । अहिलेको बजारलाई तपाले कसरी हेर्नु भएको छ ?

हाम्रो बजार सिजनल छ । दशैं तिहारको बीचमा बजार आक्रमक कहिले पनि भएको छैन । जस्तो साउन र भदौ महिना बजार आक्रमक भएर बढ्ने अनि असोज कार्तिकमा सुस्ताउने गरेको छ । बुल समयमा पनि त्यस्तो हुने गरेको छ । यो समयमा पनि राम्रो रकम सहितको कारोबार बजारमा भइरहेको छ । यसले बजारबाट शेयर उठाईदै छ भन्ने बुझाएको छ । त्यसैले अबको बजारलाई सकारात्मक रुपमा राम्रो उचाई लिदैछ भनेर भन्न सकिन्छ ।

त्यसो भए यो अवधिलाई शेयर एकुमुलेसन भइरहेको छ भनेर भन्न सकियो ?

अहिलेको एकुमुलेसन समय नै हो । हाम्रो आर्थिक वर्ष साउन महिनादेखि सुरु भएकाेछ । सूचीकृत भएका कम्पनीहरुले लाभांस वितरण गर्ने समय हो । असोज कार्तिकमा सुस्ताएको बजार मंसिर पुसमा राम्रोसँग बढ्ने छ । अब बजार बढ्नका लागि तयारी गर्दै छ । यो समय कम्पनीकाे शेयर छानीछानी किन्ने समय हो ।

हाम्रो बजार वनवेय छ । हाम्रो बजारमा इन्ट्र डे कारोबार भन्ने छैन । केहि सिजन बजार बढ्ने, पुन: बजार घट्ने र त्यो समयमा एकुमुलेसन हुने गरेको छ । एक पटक किन्ने, कुनै उचित समयको पखाईमा बस्ने, अनि बिक्री गर्ने प्रकृयाबाट हाम्रो बजार चल्ने गरेको छ । यस्तो बजारमा सिजनल असर नै पर्ने गरेको छ । ट्रेडिङ गर्नेहरुको लागि पनि बजारले राम्रो गरेको छ । यस्तो अवस्थामा लगानीकर्ताले सजिलै चलाउन सक्ने कम्पनीहरु छान्ने गरेको पाइन्छ ।

बजारबाट आम्दानी गर्दै छन् । तर एकतर्फी बजारबाट दैनिक कामाउने र निस्कने भन्ने कुरा हुदैन । बजार बढाउने र घटाउने फ्याक्टरहरु के के रहेछन् ?

दोस्रो बजार अत्यान्त संवेदनशील छ । बजारमा सानो तिनो कुराले पनि छिटै प्रभाव पर्ने गरेको छ । हाम्रो जस्तो बजारमा सरकारको नीतिगत कुराहरु नै बजार घट्बढ्को कारण बन्ने गरेका छन । कम्पनीको अवस्था हेरेर लगानी गर्यो । तर नीतिगत परिमार्जनले गर्दा कम्पनीका शेयरले उचित मूल्य पाउन सकेका छैनन भने कतिबेला नीति परिमार्जन होला भन्ने डरमा लगानीकर्ताले विश्वस्त भएर लगानी गर्न सकिरहेका छैनन् ।

अर्कोतर्फ राजनीतिक कारणहरु नै हो । राजनीति कुरा कहाँ के भयो भन्ने पत्तो नपाई बजारमा प्रभाव पर्ने गरेको छ । बजारमा स्थिर नीतिगत व्यवस्था र राजनीति नभएकै कारणले बजारले राम्रो दिशा निर्देश गर्न सकिरहेको छैन ।

 

अहिलेको सरकार शेयर बजारको लागि सकारात्मक छ भन्ने आत्मविश्वासका साथ बजारले एउटा उचाई बनायो । नयाँ सरकार बनेको पनि झण्डै चार महिना भइसकेको छ । तर धितोपत्र बजारकै लागि सराकारको तर्फबाट कुनै नीतिगत सुधार हुन सकेको छैन । यस्तो अवस्थामा यो सरकारबाट आशावादी रहन सकिन्छ ?

पूँजी बजार विरोधी र सरकार खासै नेपालमा बनेको छैन । नेपालमा कम्यूनिष्ट हुदाँ हुदैपनि शेयर बजार नकारात्मक भएको पाइदैन। अहिलेका अर्थ मन्त्रीको दुई कार्यकाल बजार बुल भएको समयमा परेको थियो । यसले यो सरकार बजारको लागि सकारात्मक छ भन्ने बुझाउछ । अहिलेको अवस्था झनै सरकार देखि नेपाल राष्ट्र बैंकका गभर्नर समेत एउटै पार्टीको बन्दा बजारले अझ बढी अपेक्षा गरेको छ । याे बीचमा बजार एक हजार अंक बढ्यो । उक्त समयमा राम्रो कमाउने मौका दियो । कमाउनेहरु बजारबाट निस्कदा करेक्सन भएको छ । बजारमा सधै कारोबार गर्नेहरुले मात्र सूचक बढाउन सक्दैनन । बजारमा स्मार्ट मनि आउन जरुरी छ । लगानीकर्ता उचित समयको प्रतिक्षामा छन् ।

सरकार बजार प्रति सकारात्मक भएको प्रतिकृया आउने गरेको छ । तर धितोपत्र बजारको लागि कुनै काम गर्न सकेको छैन । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद विगत १८ महिनादेखि रिक्त रहेको छ । सरकारले त्यसतर्फ ध्यान पुर्याउन सकिरहेको छैन । बोर्डको अध्यक्ष खाली राखेर नीतिगत सुधार हुन सक्दैन । शेयर बजारसँग सम्बन्धति निकायहरु पारदर्शी रहनुपर्छ । अनि मात्र बजार विकास हुन्छ ।

शेयर बजारसँग सरोकारै नराख्ने राजनीति गतबिधिहरुले पनि बजारमा प्रभावित गरेको देखिन्छ । यस्तो किन हुने रहेछ ?

शेयर बजारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पर्छ । नेपालको बजारमा धेरै पर्नुमा वनवेय बजार भएकै कारणले गर्दा सानातिना घटना परिघटनाहरुले पनि बजार प्रभावित हुने गरेको छ । बजारमा बढ्न वा घट्नकै लागि धेरै बहनाहरु बजारले खोजेको हुन्छ । राजनीति हावाले शेयर बजार मात्र होइन अन्य क्षेत्र पनि उत्तिकै प्रभावित भएको हुन्छ । अस्थिर राजनीतिले कहाँ पुगेर नीति परिमार्जन गर्ने हो भन्ने टुङ्गो नहुदा अति छिटो बजार तरङ्गित हुने गरेको हो । कहिले काँही आन्दर्भिक गतिविधिले पनि बजार तरङ्गित हुनु भनेको बजारमा हुने गरेको चलखेल नै हो ।

कम्पनीको अवस्था हेरेर मात्रै शेयर बजारमा लगानी गर्न नसकिने । राजनीति गतिबिधि पत्ता लगाउन हल्लाको पछि लाग्नै पर्ने हुन्छ भन्ने लगानीकर्तामा लाग्न थालेको छ । त्यसो भए लगानीकर्ताले बजारमा कसरी लगानी गर्ने ?

नेपालमा हल्लाको भरमा लगानी गर्नेहरुको जामात धेरै छ । हाम्रो बजार सानो छ । यो भएको बजार स्थायित्व नआएकै कारण यस्तो भएको हो । बजारमा कम्पनीको आधारभूत रुपमा अध्ययन गरेर लगानी गर्नेहरु पनि छन् ।

यसवर्ष कम्पनीहरुले लाभांस धेरैले दिन सकेका छैनन । त्यसले पनि लगानीकर्तालाई कम पूँजी भएका र सजिलै चलाउन सकिने कम्पनी रोज्नको लागि बाध्य बनाएको छ । हल्लाको भरमा कारोबार हेर्ने र अल्पकालिन कारोबारीहरु बजारमा हाबी भएकै कारण यस्तो भएको हो । हाम्रो जस्तो विकासाेन्मुख देशमा यस्तो हुन्छ । विस्तारै बजार परिपक्क हुदै जादा सबै कुरा ठिकठाक हुन्छ ।

तुलनात्मक रुपमा हेर्दा बजारबाट प्रतिफल कम भएको देखिन्छ । यस्तो बेला बजारमा नयाँ लगानीकर्तालाई कसरी आकर्षण गराउन सकिन्छ ?

शेयर बजार जोमिपूर्ण लगानी क्षेत्र हो । जोखिम लिएर बजारमा लगानी गरिसकेपछि लगानीकर्ताले प्रतिफल धेरै पाउन पर्ने हो । तर त्यस्तो हुन सकेको छैन । एकातिर वनवेय मार्केट भएकै कारण बजार घट्न थाले पछि निरन्तर घट्ने गरेको हुन्छ । अर्को तर्फ लाभांस दर घटेको छ । सूचीकृत कम्पनीहरुको लाभांस वितरण गर्ने क्षमता घटेको कारण पनि यस्तो भएको हो । सबै कम्पनीहरु प्रतिफल वितरण गर्न नसक्ने अवस्थामा पुगेका होइनन । अझैपनि लघुवित्त कम्पनीहरु राम्रो लाभांश वितरण गर्न सक्ने अवस्थामा छन् । तर नेपाल राष्ट्र बैंकको नियन्त्रणमुखी नीतिकै कारण बजारमा यस्तो भएको हो । त्यसैले पनि लगानीकर्ताहरु विश्वस्त भएर लगानी गर्न सकिरहेका छैनन । लगानीकर्ताको विश्वास उठाउन अत्यान्त जरुरी छ ।

 

 

 




comments powered by Disqus

मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंक मौन, भएन कुनै नीतिगत परिवर्तन

Nov 29, 2024 10:34 AM

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंक मौन देखिएको छ। केन्द्रिय बैंकले शुक्रबार सार्वजानिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरेको छैन।