दुई कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 05, 2024 06:42 AM Merolagani



कात्तिक २० गते, मंगलबार, दुई कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। हकप्रद निष्काशन प्रयोजनार्थ बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीले भोली अर्थात कात्तिक २१ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

बलेफी हाइड्रोपावर (BHL) ले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

त्यस्तै, लिबर्टी इनर्जी (LEC) ले हाल कायम चुक्ता पूँजीको १० बराबर ५ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।