एक वाणिज्य बैंक र एक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 06, 2024 06:39 AM Merolagani



कात्तिक २१ गते, बुधबार, एक वाणिज्य बैंक र एक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सानिमा बैंक र आशा लघुवित्त वित्तीय संस्थाले कात्तिक २५ गते, आइतबार, बुकक्लोज गर्दैछन्।

भोली (कात्तिक २२ गते) बिहीबार, छठको बिदा भएकोले यी कम्पनीहरुको बुकक्लोज अघिको आज अन्तिम कारोबार दिन हो। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सानिमा बैंक (SANIMA) ले मंसिर ४ गते, मंगलबार, आम्रपाली बैङक्वेट, भाटभटेनी, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था (ALBSL) ले भने मंसिर ७ गते, शुक्रबार, होटल उग्रचण्डी, बनेपा–७, बनेपा बजार, काभ्रेपलाञ्चोकमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो ३ बजे शुरु हुनेछ।

सभाले १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।