इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि साना किसानको नाफा बढ्यो

Nov 14, 2024 01:10 PM Merolagani



साना किसान विकास लघुवित्त वित्तीय संस्था (SKBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३२ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.७७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही ऋवधिसम्ममा लघुवित्तले ३० करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज बढेपछि लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.६५ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ३.८० प्रतिशत घटेको छ। कम्पनीको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ८ करोड १२ लाख रुपैयाँ रिभर्स भएको छ। जस कारण लघुवित्तको सञ्चालन मुनाफा ७.६० प्रतिशत बढ्न पुगेको हो भने खुद नाफा पनि बढ्न पुगेको हो।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भन घटेको छ। लघुवित्तको यस्तो आम्दानी समीक्षा अवधिमा २ रुपैयाँ ३७ पैसा घटेर ३३ रुपैयाँ ८२ पैसामा झरेको छ। त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात २८.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५७ रुपैयाँ ४ पैसा रहेको छ।

असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ९५ करोड १६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५१ रुपैयाँ २७ पैसा रहेको छ।

३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ अर्ब ९७ करोड रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा लघुवित्तले २२ अर्ब ८२ करोड ८९ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ३३ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।